१९ असार २०८३, शुक्रबार
,
Latest
आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्याका फरार दुई अभियुक्त पक्राउ



अ+ अ-

रौतहट । मदिरा सेवन गरी हत्या गरेर फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गरी वृन्दावन नगरपालिका–७ सखुअवा धमौराका अमिरी पासवानलाई हत्या गरेर फरार भएको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय बिन्द पासवानलाई पक्राउ गरिएको हो । अत्यधिक मदिरा सेवन गरी विकास पासवानलगायत केही व्यक्तिको समूहले सोमबार साँझ घरतर्फ जाँदै गरेका अमिरी पासवानलाई गालीगलोज तथा कुटपिटसँगै जोरले धक्का दिँदा लडेर उनको टाउकामा गम्भीर चोट लागेको थियो । घाइते पासवानलाई तत्काल एम्बुलेन्सबाट गरुडास्थित सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा गए राति ८ः१५ बजे अस्पतालमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
    
जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनाको केही बेरपछि आरोपी विकास पासवानलाई उनको आफ्नै घरबाट र त्यसको चार घण्टापछि उनकै बयानका आधारमा अर्का आरोपी बिन्द पासवानलाई लुकीछिपी बसेको अवस्थामा उनको घरैबाट विशेष सूचनाका आधारमा पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । अभियुक्त दुवै जनामाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाउने तयारी भइरहेको उहाँको भनाइ छ । पछिल्लो समय प्रहरी उपरीक्षक शाहको निर्देशनमा रौतहटमा प्रहरीले सक्रियता बढाएका कारण अपराध भएको केही घण्टाभित्रै अपराधी पक्राउ गर्न सफल भइरहेको देखिएको छ ।