२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अपिको १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत बोसन सेयर प्रस्ताव पारित

अपिको १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत बोसन सेयर प्रस्ताव पारित
अ अ+ अ-

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सोमबार (मंसिर ८ गते) भर्चुअल माध्यमबाट १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ को माहामारीले स्थगित भएको १६ औं साधारणसभालाई समेत १७ औंसँग जोडेर एकै पटक दुइ साधारणसभा गरिएको हो । साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५र ०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष  २०७६/०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसै गरी सभाले नयाँ चुक्तापूँजीको १ बराबर ०।८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले बार्षिक प्रतिवेदन र कम्पनीका वित्तीय ब्यवस्थापन प्रमुख शास्वत चालिसेले कम्पनीको वित्तीय विवरण प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी कम्पनीका कार्यकारी संचालक संजिव न्यौैपानेले कम्पनीको विस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो । सभामा सेयरधनीहरूले राखेका जिज्ञासाको अध्यक्ष गुरूप्रसाद न्यौपानेले उत्तर दिनु भएको थियो । उहाँले सेयरधनीका अमूल्य सुझावलाइ कम्पनीले सधैं सिरोधार्य गर्ने बताउनुभयो । अपिको साधारणसभाले आगामी ४ बर्षको लागि नयाँ संचालक समितिको समेत चयन गरेको छ । सभाले चयन गरेका संचालकहरूमा सतिष न्यौपाने, संजिव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने, इन्द्रमणि त्रिताल र सृजना खड्कालाइ निर्विरोध निर्वाचन गरेको छ।

अपि पावरले भर्खरै हक प्रद सेयर निस्कासन गरेर चुक्ता पूँजी बृद्धि गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सिर विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। अपिले ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजनाबाट व्यवसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ भने दार्चुला जिल्लामा ८ मेगावाटको अपर नौगढ गढ जलविद्युत आयोजना पनि निर्माण पुरा गरिसकेको छ ।कम्पनीका ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार निर्माणका क्रममा छन् । कम्पनीले विद्युत प्राधिकरणसँग ती आयोजनाबाट उत्पादिन विजुली खरिद विक्रि सम्झौता (पीपीए) गरिसकेको छ । हकप्रदबाट जुटाएको रकम कम्पनीले अपर चमेलिया आयोजना निर्माणमा खर्च गर्ने छ ।

अपि पावरको नाफामा पनि उल्लेख्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । अपिको विद्युत् बिक्रीबाट हुने आम्दानीमा आकर्षक वृद्धि भएसँगै गत वर्षको तुलनामा यो वर्षको त्रैमाससम्म १९५.९६ प्रतिशतले नाफा बढी कमाउन सफल भएको हो । विद्युत बिक्रीबाट आम्दानी ६ करोड ३८ लाख ५७ हजार रुपैयाँबाट बढाएर १४ करोड १२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, अन्य स्रोतबाट पनि आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष अन्य स्रोतबाट २ लाख ९ हजार रुपैयाँ मात्र आम्दानी गरेकामा यस वर्ष ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी ९वार्षिक० १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ८२ पैसाबाट बढेर १२४ रुपैयाँ ३० पैसा कायम भएको छ । हाल अपिको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएको रकम समेत गरेर कम्पनीको चुक्ता पूँजी १ अर्व ९२ करोड ९८ लाख पुग्ने छ ।