३ आश्विन २०८१, बिहीबार
,
Latest
माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो



अ+ अ-

काठमाडौँ ।नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ  । निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुनेछ ।

त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमश: १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६।५ रुपैयाँ र १४६।५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।