महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोधमा भएको भएको प्रर्दशनमा प्रहरीको गोली चलाएको छ । आईतबार साँझ देखी हराएकी ६ वर्षिय बालिका गुलाब साह खातुनको सोमबार हत्या गरिएको अबस्थामा शव भेटिएको थियो । हत्या पछि बोरामा फ्याकिएको अवस्थामा बालिकाको शव फेला परेपछि स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गर्दे प्रर्दशन भैरहेको छ ।
प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलि लागेर बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने घाईते भएका छन् । कम्मरमुनी गोली लागेका न्यौपानेको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ । बालिका हत्याको आशंकामा प्रहरीले महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दादे बालिकाको शव मुख्य सडकमा राखेर प्रर्दशन गरिरहेका छन् । राजमार्ग अबरुद्ध हुनुका साथै आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।











