बैतडी । बैतडीको झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको यात्रुबाहक जिप दुर्घटनाहुदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा अन्य ४ यात्रु घाईते भएका छन् । मंगलबार दिउसो ना १ ज २१९६ नम्बरको जिप बुढ्ढा भन्ने स्थानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा ५ यात्रु को घटनास्थलमा नै मृत्यु भएको र घाईते ४ जनाको बैतडी जिल्ला अस्पतालमा उपचार भै रहेको छ । जिपमा सबार यात्रुहरु भारत बाट पेन्सन बुझेर घर फर्कदै गरेका थिए ।











