काठमाडौं।पछिललो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ७ सय ९० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
२४ घण्टाको अवधीमा २४ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ३६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । २४ घण्टामा २ हजार ७९१ संक्रमित निको भएका छन् । हालसम्म संक्रमित मध्ये २ लाख ४ हजार ९५८ निको भइसकेका मन्त्रालयले जनाएको छ ।











