३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै



file photo
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका कामकारबाहीका विषयमा छलफल हुने छ ।

बैठकमा समसामयिक विषय र पोलिटब्यूरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएको सुझावबारे छलफल हुने बताइएको छ ।

एमालेको पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बसेको थियो । सदस्यहरुले दिएका सुझाव समेटेर कार्ययोजनालाई अन्तिम रुप दिन पार्टी सचिवालयलाई जिम्मा दिइएको थियो ।

बैठकमा आज बोलाइएको संवैधानिक परिषद् बैठक र उपसभामुख इन्दिरा रानामगरको विषयले प्रवेश पाउने सम्भावना छ ।