१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ

रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ
अ अ+ अ-

काठमाडौँ : रक्षामन्त्री मानवीर राईले मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेना राष्ट्र र जनताको सेवामा सदैव क्रियाशील रहेको बताउनुभएको छ ।

रक्षा मन्त्रालयद्वारा नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलको स्वागत तथा सेवा निवृत्त प्रधानसेनापति प्रभुराम शर्माको बिदाइ कार्यक्रममा उहाँले नेपाली सेनाले इतिहासका हरेक कालखण्डमा देश र जनताका हितमा सरकारको निर्देशन पालना गर्दै आएको बताउनुभयो ।

मन्त्री राईले भन्नुभयो, “नेपाल राष्ट्रको निर्माणदेखि नै सेनाले सरकारको निर्देशनलाई जहिल्यै शिरोधार्य गर्दै मुलुक र जनताको सेवामा तत्पर रहिआएको छ । सेना राष्ट्रिय सुरक्षाका अतिरिक्त द्रुतमार्गसहित रणनीतिक महत्वका सडक पूर्वाधार निर्माणमा क्रियाशील छ ।”

प्रधानसेनापति सिग्देलले नेपाली सेना संविधान, कानुन र स्थापित मूल्यमान्यताको परिधिभित्र रही देश र जनताको हितका काम गर्दै सङ्गठनलाई सुदृढ तुल्याउने कार्यमा निरन्तर सक्रिय रहेको बताउनुभयो ।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले लामो अभ्यास, उच्च दृढता, आर्थिक अनुशासन, कानुनको परिपालना र अनुभवकै कारण गौरवमय इतिहास बोकेको नेपाली सेनाका सङ्गठन प्रमुख भई दुवै जनाले राष्ट्र र जनताको श्रीवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको समग्र सुरक्षा एवं प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्न मन्त्रालयले नीति निर्माण र सेनाले कार्यान्वयन तहमा अग्रणी भूमिका निर्वाह गर्नुपर्र्ने हुँदा दुवै निकयबीच  सदैव सुमधुर र पारस्परिक सहयोगात्मक सम्बन्ध रहिआएको छ ।”

निवर्तमान प्रधानसेनापति शर्माले नेपाली सेनाजस्तो पवित्र सङ्गठनको नेतृत्वमा रही राज्य र जनताको सेवामा राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयत्न गरेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले मन्त्रालय र सेनाबीच अत्यन्त घनिष्ठ, सौहार्दपूर्ण र सुदृढ सम्बन्ध रही आएको बताउनुभयो । उहाँले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाधीनताको संरक्षण र सम्वर्द्धनलगायत मुलुकको समग्र सुरक्षा प्रणालीलाई सुदृढ तुल्याउन निवर्तमान प्रधानसेनापति शर्माले नेतृत्वमा रहेर निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो ।

सेनाको थप सङ्गठन सुदृढीकरण, प्रतिष्ठा वृद्धि तथा क्षमता विकासलगायत काममा प्रधानसेनापति सिग्देलको कार्यकालमा विशिष्ट योगदान भएको र काठमाडौँ–तराई–मधेस दु्रतमार्गलगायतका विकास निर्माणलाई उच्च गतिमा अघि बढाउन सहयोग पुग्ने बताइएको छ । त्यस अवसरमा मन्त्री राईले प्रधानसेनापति र पूर्वप्रधानसेनापतिलाई सम्मान गर्दै मन्त्रालयकातर्फबाट मायाको चिनो प्रदान गर्नुभयो ।रासस