३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई रविको चेतावनी: उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गर्नुभएको छ ।

बुधवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीवार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरुको बारेमा वास्तविकता के हो भनि प्रश्न गरेको बताउनु भयो । उहाँले आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको बताउनु भयो । उहाँले दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरु धेरै भएको भन्दै शक्तिको सदुपयोग गर्न आग्रह गरेको पनि उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीले आफू सो विषयमा छलफलमा रहेको जानकारी दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीसँग मैले उपसभामुखको विषयमा असाध्यै धेरै समाचारहरु आयो । विभिन्न प्रतिक्रियाहरु विभिन्न ठाउँबाट आएका हुनाले त्यसको बास्तविकता के हो ? के सोचिरहनु भएको छ ? यसको वास्तविकता जान्नु जरुरी थियो । त्यसकारणले म उहाँसँग छलफल गर्न गएँ र मैले भने, यदि यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ, किनभने दुई तिहाई सरकारका प्राथमिकताहरु धेरै छन् । दुई तिहाइ भनेको शक्ति हो । तर त्यो शक्तिलाई कहाँ प्रयोग, सदुपयोग गर्ने भन्ने कुरा तपाईहरुले पक्कै पनि बुझ्नुहुन्छ होला भनेर उहाँलाई मैले सौहार्दपूर्ण रुपमा यो गलत हुन्छ । यदि यस्तै हो भने जे सोचिरहनु भएको छ अत्यन्त गलत हुन्छ र घातक हुन्छ भनेर मैले उहाँलाई बताए । उहाँले म छलफलमा छु । नेपाली कांग्रेससँग पनि छलफल गर्छु भन्नुभयो । हामी संख्यामा कम छौँ ।

तर मेरो चेतावनी छ उहाँहरुलाई, संसदमा त संख्या पुर्‍याउनुहोला । यद्यपी चुनावमा त मतदाताले काँग्रेसलाई भोट हाल्ने र एमालेलाई भोट हाल्नेहरुले सँगै मिलेर सरकार चलाउँ है भनेर भोट दिएका त होइनन् जस्तो मलाई लाग्छ । तैपनि त्यो दुई तिहाइको दम्भ उहाँहरुले लिनुभयो भने त्यो भन्दा धेरै जनता त बाहिर छन् नि । सडकमा छन् । संसदको अंकगणित भन्दा धेरै जनता बाहिर छन् । काँग्रेस र एमालेले प्राप्त गरेको मत भनेको भोट हाल्नसक्ने मतदाताको ३० प्रतिशत मात्रै हो । ७० प्रतिशतको प्रतिनिधित्व रास्वपा लगायतका दलहरुले गर्छन् यो हेक्का रहोस् । ७० प्रतिशतलाई ३० प्रतिशतले च्यालेन्ज नगरे हुन्छ । उहाँहरुको यो आत्मघाति गोल हुन्छ । आफ्नै पोष्टमा गोल हान्ने विचार गर्नुभएको छ भने मेरो भन्नु के छ र ?’

सभापति लामिछानेले यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरुका लागि आत्मघाती हुने चेतावनी दिनुभयो ।