२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख रानालाई मार्गप्रशस्त गर्न काँग्रेसको आग्रह



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैँ मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बैठकले सत्तारुढ दलहरुको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताउनु भयो ।  उहाँले अनाधिकृत रुपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरुलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राज्दुतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निस्कर्ष निकालेको बताउनु भयो । उपसभामुख आफैँले राजीनामा दिनुपर्ने र अर्को देशको राजदुतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गर्नुभएको काँग्रेसको निस्कर्ष रहेको बताउनु भयो । उहाँले उपसभामुखले पत्र लेखेर कुटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ले र गर्नैपर्ने भए सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने बतउनु भयो । उपसभामुखको सो कार्यले संसदलाई अपमानित गरेको र मुलुकको शिर झुकाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भ्रातृ संस्थाका निर्देशक समितिहरु बनाउने भन्ने कुरादेखि लिएर पार्टीका अन्य भ्रातृसंघ संस्थाका विषयहरु छन् । उपसभामुखको विषयमा पनि धेरै कुराहरु आएको छ, उठेको छ । त्यो विषयलाई पनि कसरी निराकरण गर्ने भन्नेबारेमा केन्द्रित भएर नै छलफल अघि बढ्यो । उहाँमाथि जुन ढंगले प्रश्न उठ्यो, उहाँले अनाधिकृत रुपमा उहाँले गर्नै नहुने ढंगले आफू जाने कार्यक्रममा मैसँग जाने हुन् यि मान्छे भनेर त्यो कार्यक्रममा असम्बन्धित मान्छेहरुको बारेमा आफ्नो लेटरहेडमा लेखेर जुन सिफारिस गर्नुभयो, त्यो संसदीय व्यवहार भएन । संसदको उपसभामुख जस्तो पदमा बसेर त्यो व्यवहार गर्नु अत्यन्तै अनुचित थियो । यो फागुनतिर भएको हो, साउनमा बाहिरियो । त्यो बेला पनि कुरा उठेर सेलायो । अहिले जोडदार रुपमा प्रश्न आयो ।’

‘त्यो विषयमा छलफल गर्नुपर्ने आवश्यकता पर्‍यो र हामीले पनि छलफल गरेका छौँ । यो विषयमा कसरी जाने भन्नेकुरा संसदीय दलको बैठक बसेर हामी पार्टीको निर्णय लिन्छौँ । सत्तारुढ दलहरुसँग छलफल गरेर पनि सत्तारुढ दलहरुबाट साझा धारणा बनाउँछौँ । उहाँले आफैँले राजीनामा दिनुपर्छ । उहाँमाथि गम्भीर प्रश्न उठेको हो । यो चानचुने प्रश्न होइन । एउटा अर्को देशसँगको सम्बन्ध, अर्को देशको राजदुतावासको सम्बन्धका विषयलाई लिएर उहाँले गर्नै नहुने काम गर्नुभयो । उपसभामुखले लेखेर कुटनीतिक नियोगलाई त्यस्तो सिफारिस गर्नै मिल्दैन । गर्नैपर्ने भएदेखि उहाँको सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने हो । यसले संसदलाई नै अपमानित गरेको छ । यो विषय गम्भीर छ, यसले मुलुकको शिर झुकाएको छ । मुलुकलाई पनि अपमानित गरेको छ भन्ने काँग्रेसको बुझाइ छ । यो सबै प्रक्रियामा जानु भन्दा उहाँले आफैँले बुझेर मार्ग प्रशस्त गर्नु, बहिर्गमनको बाटो रोज्नु जायज हुन्छ ।’

प्रमुख सचेतक गुरुङले उपसभापति धनराज गुरुङको विषयमा छानविनबाट दोषी ठहर भए कारबाही भोग्ने र त्यसको छानविन गराउन काँग्रेस तयार रहेको बताउनु भयो ।