१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर

कृषिमा क्रान्ति आवश्यक: कृषिमन्त्री अधिकारी

कृषिमा क्रान्ति आवश्यक: कृषिमन्त्री अधिकारी
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा क्रान्ति गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक उथलपुथल र परिवर्तन धेरै भएपनि कृषिमा क्रान्ति गर्न नसकिएको भन्दै सरकारले अहिले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले कृषि विकासमा कमजोर महशुस गरिरहेको बताउनु भयो । उहाँले किसानहरुले कृषि उत्पादन सामग्री समयमा पाउन नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कृषि शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन आवश्यक रहेको बताउनु भयो ।

कृषिलाई व्यवसायिकरण गर्न र किसानको कृषि पेशालाई मर्यादित बनाउन धेरै कामहरु गर्न बाँकी रहेको बताउनु भयो । मन्त्री अधिकारीले कृषि उत्पादनलाई उद्योगसँग जोड्न थप प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई न्युनिकरण गर्न र अनुकुलित कृषि खोतीका लागि नविनतम प्रविधिको विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कृषि क्षेत्रमा रहेको लगानीको अपर्याप्ततालाई पूरा गर्न कृषि क्षेत्रमा निजी क्षेत्रको लगानीलाई समेत प्रोत्साहन गर्नेगरी व्यवसायीकरण र औद्योगिकरणको आधारशिलाको रुपमा तयार गर्न कृषिमा लगानी दशक घोषणा गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईं हामीले देखेको र भोगेको धेरै राजनीतिक उथलपुथल र परिवर्तन भयो । अझै हामीले कृषिमा क्रान्ति गर्न सकेका छैनौँ । ठूलो परिवर्तन हामीले ल्याउन सकेका छैनौँ । कृषि विकासमा हामी कमजोर महशुस गरिरहेका छौँ । किसानहरुले कृषि उत्पादन सामग्री समयमा पाउन सकेका छैनन् । उन्नत प्रविधि किसानको खेतबारीमा पुर्‍याउन सकिएको छैन । कृषि शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन हामीले सकिरहेका छैनौँ । कृषिलाई व्यवसायिकरण गर्न र किसानको कृषि पेशालाई मर्यादित बनाउन धेरै कामहरु हामीले गर्न बाँकी छ ।’

मन्त्री अधिकारीले तल्लो तहको किसानसँग कसरी पुग्ने भन्नेबारेमा आफूहरु गम्भीर रहेको बताउनु भयो । कृषि क्षेत्रका समस्या समाधान गर्न कृषि खाद्य प्रणालीको रुपान्तरण गर्न यथेष्ठ काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।