५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवेन्द्र पौडेलको प्रश्न: दशौँ मन्त्रीमाथि प्रश्न उठेको छ, राजीनामा दिन तयार हो ?



अ+ अ-

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा संसदमा प्रवेश हुनु दु:खदायी भएको बताउनु भयो । उहाँले सहमतीको आधारमा उपसभामुख बन्नु भएकी इन्दिरा रानालाई हटाउनुले लोकतन्त्र अगाडी बढ्न नसक्ने धारणा राख्नुभयो । उहाँले यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडी बढ्न नसक्ने बताउनु भयो । उहाँले प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने भए मन्त्रीहरुबारे पनि धेरै प्रश्नहरु रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारका मन्त्रीमाथि भूटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टि स्टेट प्रकरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन तयार हो भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एकजना महिला, जनजाति सहमतिको आधारमा आउनुभएको । सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो भनेको दुई तिहाई सरकारले हटाउने कुरा सदनमा प्रवेश हुने कुरा निकै दु:खदायी छ । यसले लोकतन्त्र अगाडी बढ्न सक्दैन । यसले लोकतन्त्रको संरक्षण र विकास, सहकार्यको प्रणाली यो देशमा अगाडी बढ्न सक्दैन । त्यसो नगर्नको निम्ति हामी खबरदारी गर्न चाहन्छौँ । प्रश्न उठेर राजीनामा दिने हो भने दशौँ मन्त्रीका प्रश्न उठेका छन् अहिले । राजीनामा दिन तयार हुनुहुन्छ ? लाउडामा प्रश्न उठ्यो । वाइडबडीमा प्रश्न उठ्यो । भुटानी शरणार्थीमा प्रश्न उठ्यो । बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठ्यो । गिरिबन्धु टि स्टेटमा प्रश्न उठ्यो । राजीनामा दिन तयार हुनुहुन्छ ? छानविन होस् । एकजना सामाजिक सेवाबाट आएको उपसभामुखलाई चारै तिरबाट शक्तिको प्रयोग गर्ने ?’

उहाँले उपसभामुख रानालाई नडराउन आग्रह गर्दै माओवादी केन्द्र साथमा रहेको बताउनु भयो ।