१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो महिनामा स्वास्थ्य सम्बन्धी समस्याबाट जोगिन, हेर्नुहोस् केके छन् सात टिप्स !



अ+ अ-

एजेन्सी । चिकित्सकहरूका अनुसार जाडो शुरू भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा । पर्ने गर्छन् । जाडो याममा छाला सम्बन्धी समस्या, स्वासप्रस्वास, हाड-जोर्नी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो बानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडो याममा हुने स्वास्थ्य सम्बन्धी समस्याबाट जोगिन यी ८ कुरामा विषेश ध्यान दिनुहोस् । 

चियाकफी कम पिउने : जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी पिउने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । चियाकफी बढी पिएमा शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ । जसले गर्दा डिहाइड्रेट हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने आदि हन्छ । चियाकफीको सट्टा जाडोमा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नु उपयुक्त हुन्छ ।

पानी धेरै पिउने : पानीलाई स्वास्थ्यको लागि सबै भन्दा उपज औषधीको रुपमा लिइन्छ । चिकित्सकहरुले पनि कुनै किसिमको बिरामी हुँदा पनि पानी धेरै पिउँनुस् भन्ने सल्लाह दिएको हामीलाई थाहा छदैछ । त्यसैले जाडोमा पसिना आउँदैन भनेर पानी कम पिउँनु मुर्ख हुनेछ ।

हामीलाई जाडो याममा तिर्खा पनि खासै नलाग्ने भएकोले हामी पानी पिउँन नरुचाउनु अर्को कमजोरी हो । हामी नेपालीको बानी नै यस्तै छ तिर्खा नलागी पानी पिउँदैनौ । तर स्वस्थ्य रहनका लागि जाडोमा तिर्खा नलागे पनि बेलाबेलामा पानी पिउँदै गर्नुपर्छ । हामीले यदि विचार गरेको छौं भने हाम्रो छाला जाडोमा फुस्रो हुने गर्छ, त्यो पनि पानी कम भएर हुने समस्या हो । अझ पानी कम भएको कारणले कब्जियत बढ्ने, ओठ फुट्ने आदि समस्या पनि देखिन्छ । समयसमयमा पानी पिउँदा यस्तो समस्याबाट जोगिन सकिन्छ । 

विहान चाँडो उठ्न बानी बसाल्ने : जाडोमा सिरकबाट निस्किन मन लाग्दैन । त्यही भएर जाडोमा ढिलो उठिन्छ । छुट्टिको दिन सिरक ओडेर सुतेर बिताइन्छ । तर, यस्तो गर्नु हुँदैन । वर्षै भरि सुत्ने र उठ्ने समय एउटै बनाउन सके स्वास्थ्यलाई फाइदा हुन्छ । सुत्ने र उठ्ने समय भंग भएमा दीर्घकालमा अनिद्रालगायत समस्या उत्पन्न हुने जोखिम हुन्छ ।

घाम बढी नताप्ने  : जाडोमा घाम स्वाभाविक रूपमा प्यारो हुन्छ । तर, धेरै बेर घाम ताप्नु हुँदैन । आधा अथवा पौने घन्टाभन्दा बढी घाम ताप्नु हुँदैन । लामो समय घाम तापेमा छाला डढ्ने, अनुहारमा चाया आउने लगायत समस्या देखापर्छ ।

सनब्लक लोसन लगाउने : जाडोमा घाम चर्किएको महसुस नहुने भएकाले धेरैले जाडो याममा घाममा निस्किँदा सनब्लक लोसन लगाउँदैनन् । तर, छालालाई हानि गर्ने विकिरण जाडोमा पनि निस्किरहेको हुन्छ । त्यही भएर जाडोमा पनि सनब्लक लोसन लगाउन बिर्सिनु हुँदैन । घाम ताप्दा पनि अनुहार र हातमा सनब्लक दल्नुपर्छ ।

न्यानो कपडा लगाउने : जाडो याममा फेसनेबल र शरीर नछोपिने खालका कपडाभन्दा गम्म परेका लुगा लगाउनु उपयुक्त हुन्छ । जाडोमा हेलचेक्राइ गरे रुघाखोकी, ज्वरो, निमोनिया आदि हुने र नशामा रगत जम्नेजस्ता समस्या उत्पन्न हुन सक्छ ।

मास्क नलगाई निस्कने : जाडो याममा खास गरी विहानबेलुका कतै निस्किनु पर्‍यो भने मास्क लगाउन बिर्सिनु हुँदैन । किनकि, जाडोमा बिहान र बेलुका वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरस लगायत जीवाणु बढी क्रियाशील हुन्छन् । साथै, धुलोका कण पनि यो समय वायुमण्डलको तल्लो तहमा जम्मा भएका हुन्छन् । यस्तोमा मास्क नलगाइ निस्किएमा श्वासप्रश्वास, छाला आदि सम्बन्धी रोग लाग्ने जोखिम बढ्छ ।

धेरै बेरसम्म तातो पानीले नुहाउने : जाडोमा बाध्यता नै हुन्छ तातो पानीले नुहाउने । तर, तातो पानीले नुहाउँदा फाइदा भन्दा बेफाइदा बढी हुनसक्छ । बढी तातो पानीले धेरै बेरसम्म नुहाउँदा छालामा रहेको प्राकृतिक म्वाइस्चराइजर कम हुन गई छाला फुस्रो बन्छ ।