१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड—१९ संक्रमणको जोखिमका बीच देवघाटमा हरिबोधिनी एकादशी मनाउँदै



अ+ अ-

काठमाडौं । कोभिड—१९ संक्रमणको जोखिमका बीच पनि चितवनको पवित्र धार्मिक तीर्थस्थल देवघाटमा हरिबोधिनी एकादशी मनाइएको छ । देवघाट विकास समितिले संक्रमणको जोखिम कायमै रहेकाले भक्तजनहरुलाई नआउन आग्रह गरेपनि विहाने देखि देवघाटमा भक्तजनहरुको घुँइचो थियो । समितिले विज्ञप्ती नै जारी गरेर हरिबोधिनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गरेको थियो । तर स्थानीय भक्तजनहरु हरिबोधिनी एकादशी मनाउन देवघाट नै पुगेका थिए । बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको थियो । बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला सुरु हुने गर्दछ ।

हरिबोधिनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ । देवघाटधाममा औँसी, पूर्णिमा, एकादशी, माघे सङ्क्रान्ति, बालाचर्तुदशी, शिवरात्रि, साउने सङ्क्रान्तिलगायतका पवित्र दिनमा स्नान गर्न ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।