१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर

कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर
अ अ+ अ-

दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिङ्करसम्म पुग्छ । कुल ४२५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्छ ।

यो सडक निर्माणपछि उक्त क्षेत्रमा बसोबास गर्ने करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । करिडोर निर्माणपछि चीनमा रहेको कैलाश मानसरोवर यात्रा सहज हुने अपेक्षा गरिइएको  छ । महकाली करिडोरको ‘जिरो प्वाइन्ट’ मानिएको कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धवैजनाथ हुँदै कैलाश मानसरोवरसम्म पुग्नका लागि यो सबैभन्दा छोटो बाटो हुनेछ ।

धार्मिक दृष्टिकोणले सुदूरपश्चिम देवभूमिका रुपमा परिचित छ । महाकाली करिडोरमा पर्ने कञ्चनपुरको सिद्धवैजनाथधाम, डडेल्धुराको परशुरामधाम, बैतडीको त्रिपुरासुन्दरी र दार्चुलाको मालिकार्जुनधाम हुँदै कैलाश मानसरोवर पुग्न सकिने भएकाले करिडार निर्माणपछि यहाँका धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । चुरे महाभारत पर्वतअन्तर्गत डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुरामधामसम्म भने ट्र्याक खुलिसकेको छ ।

विसं १४७५ मा भारतको झारखण्डबाट विहार, कुमाउ कतुरकोट गरुडगोवती हुँदै सिद्धवैजनाथ बाबा परशुरामधाम आएर बसेको इतिहास छ । परशुरामधाममा रहँदा सिद्धवैजनाथ बाबा र त्यहाँका तत्कालीन राजा नागी मल्लबीच खटपट भएपछि उहाँ सो ठाउँ छाडेर बुड्डीमलास पीपलकोट ९हालको वेदकोट क्षेत्र०मा आई तपस्या गरेको विश्वास छ ।

करिडोर त्रिपुरासुन्दरीको मन्दिरको फेद हुँदै राष्ट्रको सातौं धामका रुपमा परिचित मालिकार्जुन हुँदै टिङ्कर पुग्नेछ । महाकाली करिडोर सञ्चालनमा आए व्यापारिक गतिविधिसँगै धार्मिक पर्यटन बढ्ने विश्वास लिइएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लको भनाइ छ ।

“कञ्चनपुर भारतसँग र दार्चुला चीनसँग जोडिएपछि यहाँ धार्मिक पर्यटकको सङ्ख्या अपेक्षा गरिएको छ”, मल्लले भन्नुभयो, “भारतको उत्तराखण्डसँग हाम्रो धार्मिक सम्बन्ध छ त्यसकारण त्यहाँको मानिस नेपाल आउन चाहन्छन् ।” उत्तराखण्डको हरिद्वार, ऋषिकेष र हिमाञ्चलमा आउने तेस्रो मुलुकका पर्यटकका लागि कैलाश मानसरोवरसम्म पुग्न यो सडक प्रयोग गर्न सक्नेछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि दार्चुलाको अपिनाम्पासम्म पुग्न पनि करिडोर निर्माणपछि सहज हुनेछ । मल्लले भन्नुभयो, “करिडोर निर्माणले मात्रै सुदूरपश्चिम प्रदेशको विकास सम्भव छ यसले चीनसँगको व्यापारको ढोका खोल्नेछ ।” उहाँ सुदूरपश्चिम घुम्न आउने पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको विशाल घाँसेमैदानमा दुर्लभ बाह्रसिङ्गाको झुण्ड अवलोकन गर्दै ब्रह्मदेव हुँदै दार्चुलाको अपिहिमालको फेदसम्म पुग्न सक्छन् ।

त्यसैगरी एशियाकै लामो दोधारा चाँदनी झोलुङ्गे पुल पर्यटकको अर्को आकर्षणको गन्तव्य हो । महाकाली करिडोर निर्माणपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको विश्वास छ । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर तथा देवदातलगायत धार्मिकस्थल पनि करिडोर नजिकै छन् । उहाँले भन्नुभयो, “करिडोरको निर्माण सम्पन्न भए यहाँ धार्मिक पर्यटक त बढ्छन् नै यहाँको आर्थिक गतिविधि पनि बढ्नेछ । त्यसैले जतिसक्दो करिडोर सम्पन्न गर्नेमा जोड दिनुपर्छ ।” निर्माण सुरु भएको डेढ दशक भइसक्दा पनि करिडोर निर्माण सम्पन्न नहुँदा प्रदेश विकासमा पछि परेको उहाँको भनाइ छ ।

बैतडीकै दशरथचन्द नगरपालिकामा ईश्वरी गङ्गाधाम, निङ्गलाशैनी मन्दिरलगायतका पर्यटकीयस्थल छन् । महाकाली करिडोरले बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिका गरी चार स्थानीय तहमा सुविधा पु¥याउनेछ ।

बैतडीको दोगडाकेदार गाउँपालिकाका गणेश भट्टले भन्नुभयो, “बैतडीका धार्मिकस्थलमा त भारतबाट अहिले पनि पर्यटक आइराखेका छन् तर सडक सञ्जालको सहज सुविधा भए पर्यटक बढ्ने थिए ।” उहाँले सुदूरपश्चिमको आर्थिक समृद्धिका रुपमा आफूहरुले महाकाली करिडोरलाई लिइएको बताउनुभयो । नेपालकै गहिरो पतालभुवनेश्वर गुफा, मेलौली भगवती मन्दिर, रौलाकेदार, भिटाकेदार, उदयदेव मन्दिर, सिँगास, त्रिवेणीधाम, डिलाशैनी मन्दिरलगायतको विकासमा पनि करिडोर सहयोगी हुने उहाँले उल्लेख गर्नुभयो ।

करिडोर निर्माण जति सक्दो चाँडो भयो त्यति नै चाँडो दार्चुलाको विकास हुने व्यास गाउँपालिका–१ तिङ्करका विनोद बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार नेपाल र चीनको सीमाना ताक्लाकोटमा रहेको पिल्लर नं १ देखि कैलाश मानसरोवर पुग्न आधा दिन मात्रै लाग्छ । “यो नाकाबाट एक दिनमै कैलाश मानसरोवर दर्शन गरेर फर्किन सकिन्छ, यसले धार्मिक पर्यटक बढाउने छ, त्यसका लागि यहाँसम्म पुग्नका लागि पहिलो करिडोर निर्माण हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सरकारले दार्चुलाको टिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी गरिरहेको बताउनुभएको छ । उहाँले त्रिदेशीय नाकाका रुपमा यसलाई विकास गर्न सके व्यापारिक, धार्मिक लाभ हुने विचार व्यक्त गर्नुभयो । “त्रिदेशीय नाकाका रुपमा विस्तार गर्ने विषयमा छलफल अघि बढिसकेको छ, निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना हुन्छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “त्रिदेशीय नाका अन्तरआबद्धताका लागि मात्रै नभइ व्यापारिक, औद्योगिक र पर्यटकीय प्रयोजनका लागि महत्वपूर्ण मानिएको छ ।”

करिडोरको निर्माण विसं २०६६ देखि सुरु भएको हो । कुल ४२५ किलोमिटरमध्ये ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुरामसम्मको ११ किमी सडकको ट्र्याक खुलेर सञ्चालनमा आइसकेको छ । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किमी करिडोर सडकको ट्र्याक खोल्ने काम महाकाली करिडोर सडक योजनाले गरिरहेको छ । जसमध्ये हालसम्म दुई सय ४२ किमी ट्र्याक खुलिसकेको छ । रासस