१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्नड फिल्मको सुटिङका ​​क्रममा दुर्घटना, ३० फिटको उचाइबाट खसेर मृत्यु



योगराज र मृतक मोहन कुमार
अ+ अ-

एजेन्सी । कन्नड फिल्म ‘मनदा कडालु’ को सेटमा ३० फिट उचाइबाट खसेर एकजनाको मृत्यु भएको छ ।

यो दुर्घटना सेप्टेम्बरमा भएको थियो । बिहीबार सेप्टेम्बर ५ मा उक्त दुर्घटनामा परेका लाइट ब्वाई मोहन कुमारको अस्पतालमा मृत्यु भएको छ ।

रिपोर्टका अनुसार उनी सेटमा ३० फिट अग्लो सिँढी चढ्दै थिए जहाँबाट उनले सन्तुलन गुमाए र तल खसे । मोहनसँगको यो घटना मदननायकनहल्लीको केभिआरएल एरिनामा भएको हो जहाँ सुटिङ भइरहेको थियो ।

सेटमा दुर्घटना भएपछि मोहनलाई गोरागुन्टे पल्याङ अस्पताल लगिए पनि गम्भिर चोटका कारण उनको मृत्यु भएको हो ।

प्रहरीले सुटिङमा सुरक्षा व्यवस्थामा लापरवाही गरेको भन्दै फिल्म निर्देशक योगराज भट्ट र म्यानेजर सुरेशसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

मोहन ३० वर्षका थिए र उनका भाइ पनि फिल्ममा लाइटब्वाईको रूपमा काम गर्छन् । योगराज भट्टले निर्देशन गरेको ‘मनदा कड्लु’ को सेटमा मोहनसँग भएको दुर्घटना हो । योगराज कन्नड फिल्म उद्योगका एक प्रसिद्ध निर्देशक, गीतकार र निर्माता हुन् ।

उनले २००६ मा मुंगारु माले फिल्म बनाए जुन कन्नड फिल्मको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बन्यो । यो मल्टिप्लेक्समा सबैभन्दा लामो समयसम्म चल्ने फिल्महरू मध्ये एक हो । यस बाहेक योगराजले धेरै कन्नड फिल्महरू निर्देशन गरेका छन् ।