११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

ओली–देउवाले ‘फटाहा, बदमास र गुण्डा’ भनेर युवाहरुको चरित्रहत्या गरेः सुन्दरमणि दीक्षित

ओली–देउवाले ‘फटाहा, बदमास र गुण्डा’ भनेर युवाहरुको चरित्रहत्या गरेः सुन्दरमणि दीक्षित
अ अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु देउवाले युवाहरुको चरित्रहत्या गरेको आरोप लगाएका छन् ।

आज (बुधबार)रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०४६ र ०६२/०६३ को आन्दोलनमा ‘वीरे चोर देश छोड्’ र ‘ज्ञाने चोर देश छोड्’ भनेर नारा लगाउन सिकाउने ओली, देउवाले तिनै युवाहरुलाई फटाहा, बदमास र गुण्डा भनेर अपमान गरेको उनले बताए ।

उनले आफू २०३६ सालदेखि ०४६ र ०६२/०६३ को आन्दोलनमा पनि नागरिक समाजको तर्फबाट सहयोग पुर्याएको बताउँदै सोचेजस्तो परिवर्तन आउन नसकेको सुनाए । आज मुलुक चरम अन्धकारमा फसेको उनको टिप्पणी छ ।

‘डेमोक्रेशीमा बोल्न पाइन्छ, प्रधानमन्त्रीको विरोधमा पनि बोल्न पाइन्छ । नत्रभने बोल्न नपाइने र संविधानले बोल्न दिन मान्दैन भनेदेखि मलाई बताउनुस्, केपी ओली ०४६ सालमा सडकमा उत्रिँदा म पनि सडकमा छु, त्यो सडकको नाराबाजीमा ‘वीरे चोर देश छोड्’ कसले भनेको ? त्यो नारा नागरिक समाजको होईन, ‘वीरे चोर देश छोड्’ भन्न पाइन्थ्यो ? ०६२/०६३ मा ‘ज्ञाने चोर देश छोड्’ कसले भनेको ? त्यही युवाहरुले भनेका हुन् । त्यही भनेर ती युवाहरुले तपाईँहरुलाई राज्यमा पुर्याएको छ । आज तिनै युवाहरुले हुटिङ गर्दा पक्राउ गर्ने, समाउने, डण्डा चलाउने ? यो हो डेमोक्रेशी ?’ प्रश्न गर्दै उनले भने, ‘देउवा र ओलीले बरु युवाहरुको चरित्र हत्या गरेका छन् । फटाहा, बदमास, गुण्डा के–के भने के–के ? त्यो भन्न पाइन्छ ? जनतालाई हेप्ने हो ? युवाहरुलाई हेप्ने हो ?’

साथै, उनले ओलीलाई प्रधानमन्त्रीको हैसियतमा बस्न सुझाव दिए । प्रधानमन्त्री ओलीले खुल्ला मञ्चमा आफ्नो हैसियतभन्दा तल ओर्लिएर व्यवहार गरेको उनको आरोप छ । डा. दीक्षितले प्रदेश संरचनालाई दलहरुले दुहुनो गाई बनाएको उनको टिप्पणी छ ।

खाडीबाट युवाहरुले पठाएको रेमिट्यान्स प्रदेशका मन्त्री र मुख्यमन्त्रीको सेवा सुविधामा खर्च गर्न नहुने उनको तर्क छ । अब प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेजीको पक्षमा वकालत गर्न आवश्यक रहेको उनको भनाइ छ ।

साथै, डा. दीक्षितले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विजुलीको बक्यौता उठाउन खोज्दा सबैजना उनीमाथि जाइलागेको बताए । प्रधानमन्त्रीले कुनै एउटा संस्थाको प्रमुखसँग जोरी खोज्न नहुने उनको भनाइ छ ।

‘एउटा तामाङको छोरो बल्लबल्ल उठेको छ । प्रधानमन्त्रीले कर्पोरेशनको चिफसँग जोरी खोज्ने हो ? प्रधानमन्त्रीले मेयरसँग जोरी खोज्ने हो ? प्रधानमन्त्रीको स्तर मेयरको विरुद्धमा लाग्ने हो ?’ उनले प्रश्न गरे ।

माथिल्लो ओहदामा बसेर तलकासँग जोरी खोज्न नहुने उनले बताए । माथिल्लो ओहदामा बसेकाहरुले तल्लो ओहदामा रहेकाहरुसँग जोरी खोज्दा मान्छेहरुले ठटाउने उनको चेतावनी छ ।

युवाहरुलाई हेपेर, डण्डा चलाएर मुलुक अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।