४ आश्विन २०८१, शुक्रबार
,
Latest
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली माथी लगाउनु भएको गम्भिर आरोपकाबारे अध्यक्ष ओलीले प्रतिबाद सहितको लिखित जवाफ पेश गर्नुहुने छ । 

आफू निकट नेताहरुले तयार पारेको लिखित प्रतिबेदन लाई प्रधानमन्त्री ओलीले शुक्रबार साँझ अन्तिम रुप दिनु भएको थियो ।  जवाफमा प्रधानमन्त्री ओलीले दाहालले लाएको आरोपको खण्डन र अस्वीकार गर्दे पार्टी  एकता लाई जोगाउनका लागि अभिभाबकीय भूमिका सहितको जबाफ तयार गर्नुभएको उहाँ निकट एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो । ती सदस्यका अनुसार संयमित खालको जबाफ तयार भएको छ , बिेशेष गरी स्थायी समितिले गरेको  सर्बसम्मत निर्णयलाई  आधार मानेर अघि बढ्ने खालको जबाफ तयार भएको छ । जबाफमा ब्यक्तिगत रुपमा लगाईएका लान्छानाहरको अस्बीकार तथा खारेजी र राजनीतिक बुदाहरुको बारेमा समस्या सूरु हुनुका कारण र त्यसको निराकरणलाई समेटिएको छ । 

 मंसीर तीन गते देखी अध्यक्ष ओली र दाहाल बीच प्रत्यक्ष सम्बाद नभएपनि  उहाँहरु निकट नेताहरु बीच पटक पटक समस्या समाधानको लागि छलफल भएको थियो । सुरुका बेला  निकै आक्रोशित देखिनुभएका अध्यक्ष दाहालले पछिल्ला केही दिन यता भने समस्या जहाँबाट सुरु भएको हो त्यही बिन्दु बाट समाधानका लागि आफु  तयार रहेको  सन्देश वालुवाटार पुर्योउनु भएको छ ।  जसका कारण पाि अध्यक्ष ओलीले  आफनो प्रतिबेदनलाई केही नरम बनाउनु भएको  जनाईएको छ  । 

१० दिन लगाएर अध्यक्ष ओलीले आफूमाथि लागेका आरोपबारे लिखित जवाफसहित प्रतिवेदन तयार पारेका छन् । नेकपाको आज बस्ने सचिवालय बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाएका छन्। 

जारी अन्तरविरोध सचिवालय बैठकबाट समाधान नभए दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा पेस हुने नेताहरूले बताएका छन् ।