• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

स्वरोजगार लघुवित्तद्वारा शेयरधनीहरुलाई १३.९६ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १३.९६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

शनिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.२७ प्रतिशत बोनस शेयर र ०.६९ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) प्रस्ताव गर्ने निर्णय गरेको हो । हाल कम्पनीको कायम चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार १ सय २० रुपियाँ रहेको छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव मनोजकृष्ण उप्रेतीले जनाएका छन् ।