२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाउको दुखेको उपचार अब घरैबाट, जान्नुहोस् यस्ता छन् १० उपाय



अ+ अ-

काठमाडौं । टाउँको दुख्ने राष्ट्र समस्या भन्दा फरक नपर्ला, अझ यो चिसो मौसम आउँन साथ सजग हुन जरुरी छ । दिनभरिको कामको थकान, केही कुरामा विषेश एकोहोरिएर तनाव लिँदा र सही मात्रामा आहार नलिँदा टाउको दुख्ने समस्या आउँछ । त्यसलाई हटाउनका लागि धेरै मानिस एलोपेथिक औषधि खाने गर्छन् । यसले चाँडो निको त पार्छ तर साइड एफेक्ट देखिने सम्भावना पनि उथिकै रहन्छ । तर यदि हामीले यसको उपचार बिना कुनै साइड एफेक्ट र धेरै खर्च बिना उपचार गर्न सम्भव भयौ भने अवस्य यो तपाईहरुको लागि खुशीको खबर बन्न पुग्छ ।  हामीले हाम्रो घर भित्रको सामग्रीहरुलाई टाउको दुखेको औषधीको लागि प्रयोग गर्न सक्छौं । यस्ता छन् यस्का समाधान गर्ने तरिका :

१) नरिवलको तेलले १० मिनेटसम्म मसाज गर्नुहोस् ।

२) एक गिलास मनतातो पानीमा कागती निचोरेर पिउनुहोस् ।

३) बदामको तेलले टाउकोमा १५ मिनेटसम्म मसाज गर्नुहोस् ।

४) आईस प्याकले टाउको सेक्नुभयो भने शिरका मांसपेशीहरूलाई आराम पुग्नेछ  ।

५  एक चम्चा दालचिनीको धूलोमा अलिकति पानी हालेर पेस्ट बनाउनुस्, तयो पेस्टको लेप टाउकोमा लगाउनुहोस् र त्यसलाई २० मिनेटपछि धुनुहोस् । 

६) सातवटा लसुनका पोटीलाई आधा गिलास पानीमा उमालेर पिउने गर्नुहोस्  ।

८) एक गिलास पानीमा एक चम्चा जीरा मिसाएर पिउनुहोस् ।

९) एक कप पानीमा अदुवाको सानो टुक्रा हालेर उमाल्नुस् अनि मनतातो भएपछि चिया पिएजसरी पिउनुहोस् ।

१०) अलिकति चन्दनको धूलोलाई पानीमा भिजाएर पेस्ट बनाउने अनि आधी घन्टापछि धुनुहोस् । 

यी तरिकाहरु अप्नाएर हेर्नुहोस् तपाईको टाउको दुख्ने बिरामीको समाधान हुनेछ ।