१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै

सभापति देउवालाई महामन्त्री विश्वप्रकाशको आग्रह: अब त्याग गर्नुस्, सभापति देउवाबाट ठाडै अस्वीकार

सभापति देउवालाई महामन्त्री विश्वप्रकाशको आग्रह: अब त्याग गर्नुस्, सभापति देउवाबाट ठाडै अस्वीकार
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महामन्त्री विश्वप्रकाश शर्माले सरकारको नेतृत्व दोश्रो तहका नेतालाई हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा शर्माले राख्नु भएको प्रस्ताब सभापति देउवाले ठाडै अस्वीकार गर्नुभएको छ ।

२०८३ मा देउवा प्रधानमन्त्री नबनी पार्टीको १५ औँ महाधिवेशन गर्नु उपयुक्त नहुने भनी तर्क भइरहेका बेलामा शर्माले देउवा प्रधानमन्त्री बन्ने र महाधिवेशन गर्ने विषय फरक भएको भन्दै यसलाई अन्तरसम्बन्धित बनाउन नहुने बताउनु भयो ।

बैठकमा महामन्त्री शर्माले भन्नुभयो- प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता हुनहुन्छ उहाँहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाऔं ।

शर्माले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिनुभयो

‘उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने – एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं’, शर्माले भने ।

बैठकमा महामन्त्री शर्माले भन्नुभयो ‘८१ सालमा छौँ हामी सत्ता व्यवस्थापन गर्नुस्, ८२ सालमा सबै तहको अधिवेशन र महाधिवेशन गर्न सकिन्छ । किनभने हिंसा पनि छैन, कोरोना पनि छैन । भूकम्प पनि छैन । ८२ मा गर्न सकेनौँ भने ८३ को बैशाखमा शुरु गरेर असारमा सरकारको नेतृत्व हामीलाई हस्तान्तरण हुने कुरा छ हाम्रो सभापतिज्यूलाई त्यो सकेर भदौमा शुरु गर्दा स्थानीय तहको निर्वाचनमा जान केबल सात महिनामात्र बाँकी रहन्छ । नयाँ आउनु भएको सभापतिलाई सात महिना पनि नदिने रु अहिलेको कार्यतालिकाको सन्दर्भमा महासमितिले निर्णय गर्ने होइन । के सोचाइ राखौँ भने सक्छौँ ८२ मा गरौँ । सक्दैनौँ भने ८३ बैशाखमा शुरु गरेर सरकारको नेतृत्व हस्तान्तरण असारमा हुन्छ त्यसको तीन महिनापछि त महाधिवेशन गरौँ न । कम्तीमा सात महिनाको समय नयाँ सभापतिलाई नयाँ कार्यसमितिलाई रहन्छ ।’

उहाँले भन्नुभयो ‘दुई कार्यकाल निरन्तर सभापति भएर तेस्रो पटक हुन पाइँदैन । एक पटक ग्याप गर्नुपर्छ । त्यस्तै स्थानीय तहको प्रमुख निरन्तर दुई पटक हुन पाइन्छ । संविधानले राष्ट्रपति दुई पटक हुन पाउने भनेको छ त्यसलाई एक पटक बनाउँ । सानो सानो सुधार कांग्रेसको नेतृत्व हुनुपर्छ । यसलाई हामीले फरक ढंगले सोच्नुपर्छ ।’

शर्माले बोलिरहँदा सभापति देउवाले भने उहाँको भनाईको प्रतिबाद गर्दे अस्वीकार गर्नुभएको हो ।