काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार २ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८ जनाको पिसिआर परीक्षणमा एक हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार देशभर कोरोना भाइरसको् संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएसंगै मृत्युहुनेको संख्या एक हजार ४ सय ५४ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४०४ जना निको भई घर फर्किए छन् ।
अहिलेसम्म नेपालमा २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेका छन् भने २ लाख ११ हजार १ सय ८६ जनालाई निको भइसकेको छ।











