३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत्युको हल्ला फैलिएपछि ‘काजी साब’ले गरे यस्तो आग्रह



अ+ अ-

काठमाडौँ । हाँस्य अभिनेता रामचन्द्र अधिकारीले सामाजिक सञ्जालमा आफूबारे गरिएको भ्रामक हल्लालाई लिएर असन्तुष्टि जनाउँदै आफू सकुशल रहेको बताएका छन् ।

केही दिनदेखि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यस्तो हल्लाको पछाडि नलाग्न आग्रह गरेका हुन् ।

टिकटक र रिलमा यो कुरा देखेपछि आफूलाई लगातार फोन आइरहेको भन्दै कसले र कसरी हल्ला फैलायो आफूले बुझ्न नसकेको बताए ।

उनी अहिले ‘मेरी बास्सै’ लगायतका सिरियलको छायांकनसहित अन्य कार्यक्रममा समेत व्यस्त छन् । ‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको फोटो राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयु बढायो,’ उनले भने ।

अधिकारी टिभी सिरियल ‘मेरी बास्सै’मा ‘काजी साप’ पात्रको रूपमा परिचित छन् ।