२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



अ+ अ-

कैलाली। गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीया कैलाश थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति अन्दाजी १:१० बजे धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ९६३ नम्बरको ट्रकको पछाडि भागमा सोही दिशातर्फ आउँदै गरेको से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको शरीरमा गम्भीर चोट लागेको थियो ।

घाइते थापाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जनाइएको छ । सोही मोटरसाइकल पछाडि सवार धनगढी–२ भन्सार रोडकै भुपेश पालको टाउको र खुट्टामा चोट लागि अवस्था मध्यम रहेको छ । ट्रकसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।