२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

सर्वोच्चको नयाँ सिद्धान्त प्रतिपादनः फोन वार्ता रेकर्डलाई प्रमाणको मान्यता दिईने

सर्वोच्चको नयाँ सिद्धान्त प्रतिपादनः फोन वार्ता रेकर्डलाई प्रमाणको मान्यता दिईने
अ अ+ अ-

काठमाडौं । फोन वार्ता रेकर्ड गरी लिपिबद्ध गरेको विषयलाई कुनै मुद्दामा महत्वपूर्ण प्रमाणका रुपमा लिन मिल्ने सिद्धान्त सर्वोच्च अदालतले प्रतिपादन गरेको छ । तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले त्यस्तो सिद्धान्त प्रतिपादन गरेको हो । काठमाडौं जिल्लास्थित बूढानीलकण्ठ नगरपालिका–१२, १३ र १४ का तत्कालीन संयुक्त वडा सचिव श्याम अधिकारविरुद्ध भएको भ्रष्टाचार (घूस) मुद्दामा सिद्धान्त प्रतिपादन गर्दै सर्वोच्चले फोन वार्ता रेकर्ड गरी लिपिबद्ध गरिएको विषयलाई कुनै पनि मुद्दामा महत्वपूर्ण प्रमाणका रुपमा लिन मिल्ने उल्लेख गरेको हो ।

सर्वोच्चको फैसलामा भनिएको छ– ‘विज्ञान र प्रविधिको सहायताले आफूसँग घूस रिसवत मागेको बोली बोलेको, फोन वार्तालाई रेकर्ड गरिएको र सोलाई प्रविधिको मद्दतले लिपिबद्ध गरी प्रमाणको रुपमा पेस गरेकोलाई न्याय निरोपण गर्दा महत्वपूर्ण प्रमाणकै रुपमा मूल्याङ्कन गर्नुपर्छ ।’ सेवाग्राहीले मोही लगत कट्टाको सिफारिस गरी पाउन निवेदन दिएकोमा तत्कालीन वडा सचिव अधिकारीले घूस मागी काम गर्न आलटाल गरेको आरोप लगाइएको थियो । सो कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित जानकारी गराएपछि कारबाही प्रक्रिया अगाडि बढेको थियो ।

अख्तियारले सेवाग्राहीलाई ५० हजार रुपियाँ दिई पठाएको थियो । सो रकम सेवाग्राहीले सचिव अधिकारलाई दिएपछि अख्तियारले रंगेहात पक्राउ गरेको भनी आरोप लगाइएको थियो । प्रमाण पुगेको उल्लेख गरी अख्तियारले वडा सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले घूस लिएको ठहर गरी सचिव अधिकारलाई बिगो भराई सोबमोजिम जरिवाना र तीन महिना कैद गर्ने फैसला गरेको थियो । सर्वोच्चले पनि सोही फैसलालाई सदर गरेको छ ।

सर्वोच्चले २०७४ सा चैत महिनामा सो फैसला गरेको भए पनि त्यसको पूर्ण पाठ २८ महिनापछि सार्वजनिक भएको हो । फैसलामा रेकर्ड गरिएको बोली प्रतिवादीकै हो भनी निश्चित भएको हुनुपर्ने उल्लेख गर्दै रेकर्डलाई कुनै परिवर्तन गरिएको हुन नहुने स्पष्ट गरिएको छ ।

रेकर्डलाई कुनै परिवर्तन गरेको शंका वा सम्भावना भएमा आवाज पुनः निश्चित गरिनुपर्ने पनि फैसलामा उल्लेख गरिएको छ । फैसलामा उल्लेख छ– ‘कुनै पनि किसिमबाट आवाज परिवर्तन भएको हुनुहुँदैन । कुनै किसिमबाट गरिएको रेकर्डलाई परिवर्तन गर्ने सम्भावना भएमा वा निश्चित नभएमा वैज्ञानिक परीक्षण हुनुपर्छ ।’ नेपाल समाचारपत्र दैनिक