काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, मंगलबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।











