१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै

परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ

परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ
अ अ+ अ-

राँझा (बाँके): बाँकेमा निर्माणाधीन परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ । निर्माण समयावधि सकिँदा सडक निर्माणको काम भने २० प्रतिशतमात्र भएको छ । खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने परसपुर–गौघाट सडक हाल खाल्डाखुल्डी भएका कारण पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका–२ का स्थानीय अगुवा भीम ओलीले बताउनुभयो ।

“सडकभरि खाल्डाखुल्डी भएका कारण वर्षाको पानी भरिएर सडक ठाउँठाउँमा पोखरीजस्तै भएको छ”, उहाँले भन्नुभयो, “हिउँदमा धुलाम्मे र वर्षायामभरि हिलाम्मे भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।”

गौघाट–परसपुर सडकखण्ड दैनिक मानिसको आवातजावत गर्ने चाप भएको सडकमा पर्छ । जुन सडकले बर्दियाको बढैयाताल गाउँपालिकालाई समेत जोड्ने गरेको छ । गौघाट–परसपुर सडकखण्डको स्तरोन्नति हुन नसकेको दशक पुग्न लागिसकेको छ । पुरानो सडक बिग्रिएपछि नयाँ सडक बनाउने काम वर्षौँदेखि अलपत्र परेपछि स्थानीयले आवतजावतमा सास्ती भोग्नुपरेको खजुरा गाउँपालिका–२ केगाउँ निवासी गेहेन्द्र धितालले बताउनुभयो ।

“सम्झौता अवधि सकिन लाग्दा २० प्रतिशतमात्र काम भएको छ । यस्तो गतिमा कहिले सडक बन्ला भन्ने चिन्तामा छाँै”, धितालले भन्नुभयो, “चुनावका बेला समयमा सडक बनाउने प्रतिबद्धता गरेका उम्मेदवार पनि अहिले चुनाव जितेपछि फर्केर आएका छैनन् ।”

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले परसपुर–गौघाट सडक नबन्दा दुःख पाएका जनताले दैनिक रूपमा आफूहरूसँग गुनासो सुनाउने गरेको बताउनुभयो । उहाँले उक्त सडक निर्माणका लागि दबाब दिन डिभिजन सडक कार्यालय नेपालगञ्जमा पुगेर समेत माग गरिएको उल्लेख गर्नुभयो ।

सङ्घीय सरकारको लगानीमा बन्न लागेको नेपालगञ्जको परसपुरबाट खजुरा गाउँपालिकाको गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्र गर्नका लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । करिब रु १४ करोडमा जेभीले सडक निर्माणको ठेक्का पाए पनि निर्माणकार्य भने सुरुआतदेखि नै ढिलाइ हुँदै आएको थियो ।

विसं २०७४ मा सडकको कालोपत्र निकालेर नयाँ कालोपत्र गर्ने योजना अगाडि सारिएको थियो । तर हालसम्म पनि उक्त सडकको स्तरवृद्धि हुनसकेको छैन । सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरु केही प्रगति हुनसकेको छैन । हाल उक्त योजनाको निर्माण प्रगति २० प्रतिशतमात्र रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर अमिर सुवेदीले बताउनुभयो । निर्माणकार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरे पनि सम्पर्कमा नआउने गरेको इन्जिनियर सुवेदीको भनाइ छ ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०७९ वैशाखदेखि निर्माणकार्य सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने शर्त रहेको छ । कम्पनीका प्रमुख तुलसीराम भण्डारी भदौ २५ गतेसम्म निर्माण सम्पन्न हुन नसक्ने बताउनुभयो । अहिले वर्षात्को समय भएकाले कालोपत्र गर्न नसकिने भन्दै केही समय माग गर्ने भण्डारीले बताउनुभएको छ । परसपुर–गौघाट सडक निर्माणमा करिब आठ महिना अझै समय लाग्ने भएकाले सरकारसँग समय माग गर्ने उहाँको भनाइ छ ।रासस