२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

महासंघलाई गुटउपगुट र राजनीतिमुक्त बनाई पारदर्शी र समावेशी बनाउन आवश्यक- शेखर गाेल्छा

महासंघलाई गुटउपगुट र राजनीतिमुक्त बनाई पारदर्शी र समावेशी बनाउन आवश्यक- शेखर गाेल्छा
अ अ+ अ-

काठमाडौँ । म र मेरो परिवार उद्यम व्यवसायमा मात्र नभई महासंघ र समग्र निजी क्षेत्रको हकहितका लागि सधैं लागिपरेको छ । मेरा हजुरबुबा स्वर्गीय रामलाल गोल्छाले पहिलो उद्योग स्थापनामा योगदान गर्नुभयो । मेरा बुबा स्वर्गीय हुलासचन्द गोल्छाले व्यवसाय विस्तारसँगै महासंघ स्थापना र यसको विधान लेखनमा समेत योगदान पुर्‍याउनुभयो । उहाँले आफूले स्थापनामा योगदान दिएको संस्थाको नेतृत्व गरी महासंघ र निजी क्षेत्रको सेवा गर्न चाहनुहुन्थ्यो । तर त्यो सपना अधुरै रह्यो । दाजु स्वर्गीय दिवाकर गोल्छाले पनि महासंघको नेतृत्व गर्न चाहनुहुन्थ्यो । उहाँ पनि उपाध्यक्षबाट बाहिरनुपर्‍यो । मलाई भने महासंघ र निजी क्षेत्रले भोग्नुपरेका वर्तमान चुनौतीको सामना गर्ने दायित्व र अवसर प्राप्त भएको छ ।

निवर्तमान अध्यक्ष भवानी राणा नेपालको निजी क्षेत्र र महासंघका लागि प्रेरक व्यक्तित्व हुनुहुन्छ । पुरुषहरू मात्रै नेतृत्वमा आउने गरेकामा पहिलो महिला अध्यक्षका रूपमा उहाँले दिएको नेतृत्व अनुकरणीय र उदहरणीय छ । निजी क्षेत्रको सम्मान र महासंघको गरिमा बढाउन निकै मिहिनेत गर्नुभयो । सफल पनि हुनुभयो । कोभिड–१९ को संक्रमण र त्यसलाई रोक्न विभिन्न समयमा लागेको लकडाउन र निषेधाज्ञाले प्रभावित निजी क्षेत्रलाई राहत दिन अहोरात्र खटिनुभयो ।

पूर्वअध्यक्ष पशुपति मुरारकाले मेरा कठिन समयमा पनि निःस्वार्थ रूपमा गर्नुभएको सहयोग र मार्गदर्शनले मेरो अध्यक्षसम्मको यात्रा सहज भयो । मेरा लागि महासंघसँगको आबद्धता र नेतृत्वसम्मको यात्रा निकै सुखद र सिकाइको अवसर बन्यो । पछिल्ला तीन वर्षमा विधान संशोधनका नाममा म लक्षित विभिन्न गतिविधिले निकै मानसिक तनाव दिए पनि यसलाई पनि मैले सिकाइकै रूपमा लिएँ ।

महासंघलाई गुटउपगुट र राजनीतिमुक्त बनाई पारदर्शी र समावेशी बनाउनुपर्ने आवश्यकता महसुस भएको छ । मेरो अबको कामकारबाही व्यावसायिक, पारदर्शी र जवाफदेही हुने विश्वास दिलाउन चाहन्छु । वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईलगायत सम्पूर्ण कार्यसमितिका साथी नयाँ नेतृत्वमा आउनुभएको छ । निर्वाचनसम्म प्यानल र गुटउपगुट भए पनि आजदेखि हामी एक हौं भनेर मैले भनिरहनै पर्दैन । किनकि सबै बुद्धिमान् र विवेकशील हुनुहुन्छ । एकताको महत्त्व हामी सबैले बुझेकै छौं । हिजोअस्तिसम्म केही टीकाटिप्पणी, असमझदारी, घोचपेच वा मनमुटाव थिए भने अब ती सबैलाई बिसाएर समग्र निजी क्षेत्र र महासंघको हकहितका लागि समर्पित हुनुहुनेछ भन्नेमा विश्वस्त छु ।

मैले महासंघ र निजी क्षेत्रको सम्मान बढाउन र मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको छु । तत्कालका लागि कोरोना महामारीबाट प्रभावित उद्यमी व्यवसायीलाई राहत प्रदान गर्न मैले थप प्रयास गर्नेछु । सँगसँगै दिगो र दरिलो अर्थात् रेजिलेन्ट अर्थतन्त्र निर्माणका लागि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुधारको योजना तयार भएको छ । यो रणनीतिपत्र कार्यकारिणी समितिमा प्रस्तुत गरी तत्काल कार्यान्वयनमा लैजाने मेरो योजना छ ।

दिगो आर्थिक वृद्धि, रोजगारी र राजस्वको मुख्य स्रोत निजी क्षेत्र हो । समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रको बढीभन्दा बढी योगदान पुर्‍याउन व्यवसायमैत्री वातावरण अपरिहार्य सर्त हो । हामी दोहोरो अंकको आर्थिक वृद्धि, वार्षिक चार लाख युवालाई रोजगारी सिर्जना, व्यापार घाटा नियन्त्रण गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सरकार वा अन्य सरोकारवालासँग पहल गर्नुका साथै आफ्ना तर्फबाट पनि योगदान गर्न चाहन्छौं । हामीले तयार पारेको रणनीतिपत्रको लक्ष्य पनि यही हो ।

सचिवालयको सुदृढीकरण मेरो अर्को प्राथमिकता हो । सबै सदस्यले अपनत्व महसुस गर्ने गरी महासंघमा पूर्वाधार विकास गर्नुका साथै सेवा प्रवाह पनि चुस्त बनाइनेछ । विधान संशोधन अर्को प्राथमिकता हो । मेरा यी सबै योजना कार्यान्वयन गर्न म एक्लैले सम्भव छैन । महासंघको जति प्रतिष्ठा बढ्दै जान्छ, त्यति नै हाम्रो पनि इज्जत बढ्दै जानेछ । महासंघ जति स्वच्छ र पारदर्शी बन्दै जानेछ हामी सबैको सम्मान पनि बढ्दै जानेछ । कान्तिपुर दैनिक

(गोल्छाले पदबहाली गर्ने क्रममा दिएको मन्तव्यको सम्पादित अंश)