२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वलडाकुको घरछेउमा फेला परेको थियो बम



अ+ अ-

काठमाडौँ । बिहीबार पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बम विस्फोट हुँदा दुईजना नाबालकले ज्यान गुमाए । मृत्यु हुनेमा फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्सा रहेका छन् ।

डाँडागाउँस्थित आइतराज केरुङको घरनजिकैको अम्रिसो बारीमा भेटिएको उक्त बम नाबालकहरूले खेलाउँदा विस्फोट भएको बताईएको छ ।

युद्धकालमा ल्याएर राखेको उक्त बम अहिले विस्फोट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बम विष्फोट भएको घरधनी आइतराज केरुङ माओवादी केन्द्र सशक्त संघर्षमा हुँदा पार्टी कार्यकर्ता थिए । ०६२ सालयता भने उनी सदरमुकाम फिदिममा व्यवसाय गरेर बस्छन् । उनको खाली रहेको घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्छन् ।

माओवादी कार्यकर्ताको घर नजिकै खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै रहेको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले बताए । कति वर्ष पुरानो हो भन्ने चाहिँ नेपाली सेनाले फरेन्सिक जाँच गरेपछि मात्रै थाहा हुने उनले बताए ।

अहिले विस्फोट गराउने उद्देश्यले बम राखेको पुष्टि नभएको डीआईजी खापुङको भनाई छ । द्वन्द्वकालमा कसैले बारीमा लुकाएर बिर्सिएको हुनसक्ने उनले बताए ।

उक्त स्थानमा अर्को एक थान बम पनि फेला परेकोमा सैनिक टिमले निष्क्रिय बनाएको छ । बम ह्याण्डमेड जस्तो देखिएको डीआईजी खापुङले बताए ।‘डिस्पोज गरेको बम ह्याण्डमेड सकेट हो, बिस्फोट भएको पनि ह्याण्डमेड सकेट हो भन्नेछ । कति वर्ष पुरानो हो भन्ने फरेन्सिक जाँच पछि खुल्छ’, उनले भने ।