५ आश्विन २०८१, शनिबार
,
Latest
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आप्रवासी र गाजासम्बन्धमा बाइडेनको निति अगाडि बढाइने: ह्यारिस



अ+ अ-

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफु राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताउनुभएको छ।

अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान् अमेरिकी कानुनलाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

“मलाई विश्वास छ सीमा प्रवेशमा परिणाम आउनेगरी कडाइ गर्नुपर्छ । हामीसँग कानुनहरू छन्, यसको पालना गर्नुपर्छ र आप्रबासी तथा शरणार्थी समस्यालाई व्यवस्थित गर्नुपर्छ ।

राष्ट्रपति निर्वाचित भएमा मैले हाम्रा विद्यमान् कानूनहरूलाई लागू गर्नेछु,” ह्यारिसले सीएनएनसँगको अन्तवार्ताका क्रममा उद्घोष गर्नुभयो।

उहाँले गाजायुद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने बताउनुभयो।

यद्यपि, ह्यारिसले युद्धविराम र बन्धक सम्झौता गर्ने र ‘यो युद्ध अन्त्य गर्ने’ समय आएको दाबी गर्नुभयो ।