४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

कोरोना महामारीमा विवाहको पहिरणको असर

कोरोना महामारीमा विवाहको पहिरणको असर
अ+ अ-

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण नेपालामा समेत यो समाचार तयार पार्दासम्म १ हजार ४ सय ७९ जनाको मृत्यु भएको सरकारी तथ्यांक रहेको छ । चिसो मौसम सुरु भएसँगै  कोरोना संक्रमणको दरमा बृद्धि भएको तथा कतिपय देशमा पुन दोस्रोचरणको संक्रमण लहर देखा परेको छ । जाडो महिनामा कोभिड समुहका अन्य भाइरसहरु जस्तै रुघाखोकी, मौसमी फ्लूलगायतका संक्रामक रोगहरुका लागि असहज समय हो । चिसो तथा सूस्क समयका कारण मनिसको रोग प्रतिरोधात्मक प्रणली केहिमात्रामा सिथिल हुने भएकाले संक्रामक रोगहरुको जोखिम उच्च हुने बिज्ञहरुको मत रहेको छ ।

पुविर्य सांकृतिक परम्परा अनुसार यो समय विवाह, ब्रतबन्ध, पुराण, यज्ञ, लगायतका सामाजिक तथा धार्मिक अनुष्ठानका लागि समेत लग्नजुर्ने समय हो । यस्ता समारोह तथा अनुष्ठानमा भिडभाड हुने भएकाले अन्य संक्रामक रोगहरुका साथै कोभिड १९ को समेत संक्रमणको जोखिम उच्च रहेको हुन्छ । विवाह लगायतका समारोहमा सरिक हुँदा हामिले अझ सजक हुनुपर्ने देखिन्छ । तर यर्थाथमा परिस्थिति भने त्यसको ठिक विपरित देखिन्छ । यस्ता समारोहमा सरिक हुँदा सुरक्षाका उपायहरुमा ध्यान नदिइएको मात्र नभै फेसनेबल तथा आर्कषक देखिने चाहानाका कारण पातला तथा ठण्डी मौसमका लागि अनुपयुक्त पोषक लगाउने गरेका छन् । विषेशगरि महिलाहरुमा यो समस्या अझ धेरै देखिन्छ । हामीले अधिकरुपमा देख्ने गर्छौकी पातलो सारीमा मात्र विवाह लगायतका समारोहमा सहभागि भएको । कोरोना संक्रमणको जोखिमका साथसाथै मौसमि फ्लुको जोखिम समेत उच्च हुन्छ । यो जाडोमा पनि आकर्षक देखिनको निम्ति पातलो लुगा लगाउँदा कोरोना अझै फइलिन सक्ने अबस्था आउँछ । 

डा. अनुप बास्तोलाले जाडो महिनामा विवाहको लगन हुँदा पहिरनमा परिवर्तन आएको र कोरोना फैलन सक्ने सम्भावना बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गर्नुहुन्छ । विवाहमा जाँदा कोरोना फैलिन सक्ने सम्भावना कतिको रहेको छ भनेर सोधेकामा उहाँको उत्तर थियोः विवाह भन्ने बित्तिकै भिडभाड हुने भइहाल्यो, यसमा बृद्धबृद्धा बालबालिकासँगको भेटघाटले अझै संक्रमण बढ्न सक्छ । होम आइसोलेसनमा बसेकाहरु पनि आएका हुन सक्छन् । त्यसकारण एकअर्कामा संक्रमण हुने सम्भावना बढेर जान्छ । कोरोनाबाट बच्नका लागि मास्क लागाउनु भनेर बारम्बार भनिरहेको हुँदा मास्क निकालेर आफन्तसँग कुरा गर्दा, सँगै बसेर खानपिन गर्दा अवश्य पनि संक्रमणको जोखिम बढेर जान्छ । विवाहको बेला पहिरन पनि पातलो भएकोले चिसो लाग्न सक्ने र त्यसबाट कोरोना फैलिन सक्छ । कोरोनाबाट बच्नका लागि स्वयम व्यक्ति नै सचेत रहन जरुरी छ । सामाजिक दुरी कायम गरी भोज खाने, बेलाबेलामा सेनिटाइजरको प्रयोग गर्ने, र नियमित मास्क लगाइरहन जरुरी हुन्छ । 

जाडो महिनामा बाक्लो कपडामा धेरै प्रकारका कपडा पाउने गर्छन् । विवाह, पार्टीमा सरिक हुदाँ पनि ढाका, भेला, ऊलनलगायतका कपडा लगाउदा स्वास्थ्य र फेसन दुवैका लागि उत्तम ह’नसक्छ । साथै भेलवेटको कपडामा धेरै डिजाइनहरु पाइने र न्यानो हुने गरेको विवाह सहभागीहरुले बताउने गरेका छन् । सकेसम्म विवाह, पार्टीका लागि यी फेब्रिकमा रातो, मरुन, रानी लगायतका कलर छनौट गर्दा स्टाइलिस देखिनुको साथै न्यानो पनि दिन्छ । भेलभेटमा हल्का इम्ब्रोइडरी गरिएका पहिरन यो समयमा उपयुक्त हुन्छ । 

जाडो मौसममा पारदर्शी सिफन, साटन, जर्जेट, नेट, सिलक, ब्रोकेट जस्ता फेब्रिक लगाउँदा चिसो लाग्ने डर हुन्छ । यसबाट सावधान हुन जरुरी छ । यस्तो पहिरनले कोरोनाको समयमा कतिको असर गर्न सक्छ भन्नेबारे ख्याल राख्नु आवश्यक छ । विवाहको क्षणिक समयलाई प्राथमिकता दिने कि आफ्नो स्वास्थ्यलाई ख्याल गरेर जीवनलाई बचाउने तर्फ ध्यान दिने बुझ्न जरुरी छ । बाक्लो लुगा लगाएर पनि फेसनेबल देखिन्छ भन्ने बारे सचेत र जानकार हुनुपर्छ ।