१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै

अमेरिकन राजदुत र वन मन्त्री शाही बीच शिष्टचार भेट

अमेरिकन राजदुत र वन मन्त्री शाही बीच शिष्टचार भेट
अ अ+ अ-

काठमाडौ—वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर। थम्पसन बीच बिहिबार मन्त्रालयमा शिष्टचार भेट भएको छ ।

उक्त भेटघाटमा नेपाल सरकार र अमेरिका बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सहमति भएको छ । राजदुतले वन मन्त्रालयको आगामी कार्य योजना तथा समस्या र समधानका उपायको बारे मन्त्री वन मन्त्री शाही बाट जानकारी लिएका छन । युएसआइडी मार्फत नेपालको पर्यटन उद्योगमा काम गर्ने चाहाना रहेको राजदुतले सुनाए ।

नेपाल सरकार जलवायु परिर्वतन क्षेत्रमा केन्द्रीत रहदा खुशी लागेको राजदुतले भने यसले हिमाली क्षेत्रमा असर गरि रहेको छ । संयुक्त राज्य अमेरिकाको अन्तराष्ट्रिय बिकास सहयोग नियोग युएसआइडीले बिगत ७ दशक देखि नेपालको बिकासको प्रमुख सहयोग रहदै आएको मन्त्री शाहीले राजदुतलाई जानकारी गराए

मन्त्री शाहीले भने नेपालको आर्थिक सामाजिक बाताबरणीय तथा शासकिय बिकासमा अमेरिकी सरकारले खेलेको भूमिका आभारी छु । नेपालका हालैका दिनमा एमसि िलगायत बिभिन्न परियोजना मार्फत पूर्बाधार बिकासमा अमेरिकी सरकारको महत्वपूर्ण सहयोग रहदै आएको मन्त्रीले बताउनु भयो ।

मन्त्री शाहीका अनुसार नेपालमा शिक्षा क्षेत्रमा बिकास, सार्बजनिक स्वास्थ्य सुधार कार्यक्रमको माध्यम बाट जलवायू परिर्वतन अनुकुलन तथा न्यूनिकरण वन तथा जैबिक बिबिधता संरक्षण वन्यजन्तु संरक्षण भुकम्प पछिको पुर्ननिर्माण लगायत बिभिन्न क्षेत्रमा अमेरिकाको अतुलनीय रहेको छ ।

नेपालमा युएसआइडीको सहयोग हालैका दिनमा संचालन भइरहेको हरियो वन कार्यक्रम जल जंगल लगायत कार्यक्रमहरुले वन बाताबरण संरक्षण संरक्षित क्षेत्र ब्याबस्थापन तथा प्रजाति संरक्षण जैबिक बिबिधता संंरक्षण र वन्यजन्तु अपराध नियन्त्रणमा महत्वपूर्ण रहेको मन्त्रीको भनाई छ ।

क्लीन एयर काठमाडौ उपत्यका बायु गुणस्तर सुधार कार्यक्रम आयोजनाले प्रदुषण नियन्त्रण फोहोरमैला ब्याबस्थापन लगायत बाताबरण क्षेत्रमा अमेरिकाको सहयोग महत्वपुर्ण रहेको मन्त्रीले राजतुतलाई जानकारी गराए ।

पिस कप्र्स नेपाल संयुक्त राज्य अमेरिकाको नेपाल संगको संलग्नता एक अंग हो मन्त्रीले भने जसले दिगो बिकास र दुई देश बीचको आपसी समझदारी थप बढवा दिएको छ । सन १९६२ देखि नै पिस कप्र्स मार्फत नेपालको शिक्षा स्वास्थ्य कृषि वन बाताबरण र सामुदायिक बिकास लगायत बिभिन्न क्षेत्रमा काम गर्न हजारौ स्वयमसेवक नेपाल पठाई नेपालको ग्रामिण बिकासमा खेलेको भुमिका मन्त्रीले प्रसंशा गर्नु भएको छ ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रमा जलवायू परिर्वतनको प्रभावले भौतिक सामाजिक आर्थिक क्षेत्रमा असर देखिएको हुदा वन तथा बाताबरण मन्त्रालयले उच्च प्राथमिकता राखेको मन्त्री शाहीले भने यस तर्फ संयुक्त राज्य अमेरिकाको सहयोग हुने अपेक्षा गरिएको छ ।

हिमाल पहाड तराई भएको सुन्दर देशलाई जंंगलको माध्यम बाट जनता संग जोडेर समृद्धि बनाउने लक्ष्य छ मन्त्रीले भने यसमा अमेरिकाको सहयोग जरुरी छ । रारा, खप्तड र शे फोक्सुण्डो लगायत पर्यटकिय क्षेत्र भ्रमण गरि बिकास निर्माणमा सहयोग गरि दिन मन्त्रीले राजदुतलाई आग्रह गरेका छन । बर्षा अन्त भएपछि काठमाठौ बाहिर भ्रमण गर्ने लक्ष्य रहेको र नेपालको सुदुरपश्चिममा भ्रमण गर्ने तयारी भइरहेको राजदुतले वन मन्त्री शाहीलाई जानकारी गराए ।