२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिव पोखरेलको प्रश्न- माओवादीले चाहिँ संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले संविधानले स्वीकार नगरेको भाषा संसदमा बोलिरहेको जनाउनु भएको छ ।

संसदमा जनयुद्ध हो वा हिंसात्मक द्वन्द्व भन्ने बारेमा पेचिलो आरोप पर्त्यारोप चलिरहेको बेला महासचिव पोखरेलले संविधानले स्वीकार नगरेको भाषा बोलिरहेको जनाउनु भएको हो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

अहिले संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हो । विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलन विपरित नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समिकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो । प्रचण्डको गलत र कुन्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षवाट हुनु स्वभाविक नै हो । त्यसवाट माओवादीका मित्रहरु धेरै उद्वेलित हुनु पर्दैन ।

अहिले माओवादीका मित्रहरु माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिन्छ। तर संविधानले जनयुद्ध चिन्दैन माओवादी सांसदहरु जनयुद्ध भनिरहेकै सुनिन्छ । एमाले र कांग्रेसलाई संविधानको भाषा वोलेन भनेर विरोध गर्नेले माओवादीले चै संविधानले नस्विकारेको भाषा वोल्न मिल्छ र रु
स्मरण रहोस् जुन दिन माओवादी पक्षले जनयुद्ध शव्द प्रयोग गर्न छोड्दछ त्यो दिन देखि उनीहरुलाई नेकां र एमालेलाई हिंसात्मक द्वन्द्व भनेकोमा आपत्ति गर्ने नैतिक अधिकार प्राप्त हुनेछ ।