काठमाडौँ । सोमबार देशभर थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ११ पीसीआर परीक्षण पछिल्लो २४ घन्टामा १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।
यस्तै सोमबार १९ सय ३१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो संगै कोरोनामुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसंगै मृतकको संख्या १५ सय ०८ पुगेको छछ भने देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय २३ पुगेको छ ।











