२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा नेपाली छात्रालाई गोली प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थीलाई गोली प्रहार गरी हत्या गर्ने एकजना पक्राउ परेका छन् ।

हस्टन प्रहरीले नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्या आरोपमा सन्दीग्ध एकजनालाई पक्राउ गरेको समाचार पोर्टल नेपयोर्कले जनाएको छ ।

बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले शनिबार राति ९:४८ बजे मुनाको घरबाट बाहिरिँदै गरेका ती व्यक्तिको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो । पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन ।