४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगोमा मंकीपक्सका कारण ६१० जनाको मृत्यु



अ+ अ-

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा चलिरहेको मंकीपक्स प्रकोपको परिणामस्वरूप १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् ।

संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताउनु भयो । मन्त्रीले जनसंख्यालाई सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह गर्नुभयो ।

संदिग्ध घटनाहरू द्वन्द्व प्रभावित प्रान्तहरूमा धेरै रहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा समन्वयात्मक प्रयासहरूमार्फत एमपक्सको मानवबाट मानव प्रशारण अन्त्य गर्न विश्वव्यापी रणनीतिक तयारी र प्रतिक्रिया योजनाको शुरुवात गरेको छ ।