२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सघाउने खालका अनुसन्धान गर्न प्रधानमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सघाउने खालका अनुसन्धान गरी नीतिगत सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रतिष्ठानका पदाधिारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य र विकाससँग जोडिएर मन्त्रालयहरु र विश्वविद्यालयहरुसँग संयोजन गरी अनुसन्धान हुनुपर्नेमा जोड दिँदै प्रमाणका आधारमा मात्रै नीति तर्जुमा गर्नुपर्ने बताउनुभएको हो ।

अनुसन्धान प्रतिष्ठान आफैं एक्लै काम गरेर परिणाम नआउने र देशको आवश्यकतालाई सम्बोधन नहुने भएकोले अनुसन्धान र उच्चतम् प्रविधिलाई साथ लिएर देशको विकास गर्ने सरकारको प्राथमिकता रहेकोे सुनाउनुभयो । प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा लेखनाथ शर्माले विभित्र मन्त्रालयको समन्वयमा हालसम्म ५० अनुसन्धान गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा उक्त प्रतिष्ठानको स्थापना गरिएको थियो ।