२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा नेपाली युवतीको गोली प्रहार गरी हत्या



अ+ अ-

काठमाडौँ । अमेरिकामा एक नेपाली युवतीको हत्या भएको छ।

गत सोमबार साँझ ५:३० बजेको आसपासमा २१ वर्षीया मुना पाण्डेको हत्या भएको न्यूयोर्कबाट प्रकाशित हुने नेपाली अखबार नेप्योर्कले जनाएको छ ।

टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत मुना भोजपुरकी हुन्। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्।

नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग गरेको कुराकानिमा उनी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको खुलेको छ ।

होस्टन प्रहरीले उनको टाउकोमा धेरैपटक गोली प्रहार भएको बताएको नेप्योर्कले लेखेको छ । होस्टन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। हत्या कसले गरेको भन्ने सन्दर्भमा अझै सुराक नभेटिएको प्रहरीले जनाएको छ ।