काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा सुरु भएको छ । पार्टीका महासचिब तथा अर्थमन्त्री बिष्णु पौडेलको जन्मदिन परेका कारण उहाँलाई जन्मदिनको शुभकामना दिदै बैठक सुरु भएको छ ।

महासचिब पौडेलललाई अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ट नेताहरु माधब कुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्यहरु बामदेब गौतम, ईश्वर पोखरेल र रामबहादुर थापाले शुभकामना दिनु भएको छ ।

दुई अध्यक्षले एक अर्का प्रति आरोप प्रत्यारोप सहित प्रतिबेदन पेश गरेपछि अन्य सदस्यहरुले आफनो दिष्टिकोण राख्ने जनाईएको छ ।यस अघि पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने भनिएपनि अन्तिम समयमा बैठक बालुवाटारमा नै बस्ने तय भएको थियो ।











