६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा महासचिवको मासिक तलव २ लाख ७० हजार, राष्ट्रिय खेलाडीको तलव ३० हजार



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलव २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।

अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलव २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपैयाँ पुर्‍याउने प्रश्ताव राखेका हुन् । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रश्ताव बहुमतले पारित भएको छ । हाल महासचिव किरण राईले १ लाख २० हजार मासिक रहेको थियो ।

बैठकले राष्ट्रिय खेलाडीको तलव १८ हजार रुपैयाँ बाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । महासचिव किरण राईले तलव वृद्धिको विषयमा बोल्न चाहेनन् । बैठक सकिएको छैन । बैठकबीच प्रवक्ता सुरेश शाहले तलव वृद्धिको निर्णय भएको स्वीकार गरे । बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ ।

उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र ५ जित दिलाएका थिए । ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैठक मङ्गलवार बिहान पौने ११ बजे शुरु भएको थियो । राती सम्मचलेको बैठक बिहीवार बिहानलाई स्थगित गरेको छ ।

बुधवार साफ अण्डर च्याम्पियनसिपको फाइनलको कारण बिहीवार बैठक जारी रहने प्रवता शाहले बताए ।