काठमाडौं। हुण्डाई गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अनलाइनबाट गाडी खरीद गर्ने सुविधा ल्याएको छ। कोभिड १९ को सावधानी अपनाउँन कम्पनीले यो सेवा सुरु गरेको हो। कम्पनीको आधिकारिक वेवसाइटबाट क्लिक टु वाइ सेवा सुरु गरेको हो।
कम्पनीले अनलाइनबाट गाडी किनेमा छुट समेत दिने बताएको छ। कम्पनीले अनलाइनबाट गाडी खरीद गरेमा १० हजार रुपैयाँको सर्भिस भौचर समेत दिने जनाएको छ। ग्राहकले सर्भिस भौचर हुण्डाईको नेपालभरि रहेका कुनै पनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर्स पार्ट्स र ल्यूब्रिकेन्टस् खरीद गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो भौचरको गाडी डेलिभरी गरेको मितिबाट एक वर्षसम्म सुविधा रहने कम्पनीले जनाएको छ ।