• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा ★   भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा ★   प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषदको निर्णय ★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध



काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी), नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

हालै सम्पन्न आईसीसी नेपालको साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।आईसीसीको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघरसंस्थागत तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैंकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, बीमा क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल निर्विरोध चयन भएका छन् ।

त्यसैगरी, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा चयन भएका छन् ।महासचिवमा नरेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुश प्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे चयन भएका छन् ।

सदस्यहरुमा ज्ञानेन्द्र ढुङ्गाना, अशोक शेरचन, अशोक अग्रवाल, मिनबहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाइँ, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ र पोषकराज पौडेल चयन भएका छन् ।

संगठनको नेपाल च्याप्टरको निवर्तमान अध्यक्षमा भने सुरेन्द्रवीर मालाकार छन् ।

सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरूको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय संस्थाका रुपमा रहेको यस संस्थाको साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त अवसरमा बोल्दै आईसीसी नेपालका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आईसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, कानुन निर्माता एवं विभिन्न व्यावसायिक संघहरूसँग मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताए ।

साथै, उनले आईसीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्नुका अतिरिक्त देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरूको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामाथि जोड दिने बताए ।