२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार



अ+ अ-

गुल्मी । गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो ।

परियोजनाद्वारा जोन तथा सुपर जोन कार्यक्रम अन्तर्गत ३२ वडामा क्षेत्र विस्तार गरिएको जिल्लास्थित प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना प्रमुख गङ्गा पोख्रेलले जानकारी दिनुभयो । परियोजनाद्वारा जिल्लाको चन्द्रकोट गाउँपालिका–२, ३ र ४, कालीगण्डकी–१ र ४, सत्यवती–८, छत्रकोट–१ र २, रुरुक्षेत्र–४, गुल्मीदरबार गाउँपालिका–१, रेसुङ्गा नगरपालिका–१४ मा सुन्तलाका क्षेत्र विस्तार गरिएको हो ।

त्यसैगरी कफी सुपर जोनका लागि कालीगण्डकी–३ र ४ र चन्द्रकोट–६ का तीन वडामा कफीको क्षेत्र विस्तार गरिएको छ । बाख्रा जोन कार्यक्रमअन्तर्गत मालिका–५ र ८, मदाने–४ र ७, इस्मा–१ र ३ तथा धुर्कोट–४ र ५ मा क्षेत्र विस्तार गरिएको छ । यसैगरि मकै जोन कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिका–२, ३ र ४, चन्द्रकोट–४, छत्रकोट–३ र ५, गुल्मीदरबार–३ र ४ मा मकैको क्षेत्र विस्तार गरिएको छ । जिल्ला परियोजना कार्यान्वयन एवं समन्वय तथा अनुगमन समितिको सिफारिसमा परियोजना व्यवस्थापन इकाई खुमलटारले क्षेत्र विस्तारका स्वीकृति प्रदान गरेको थियो ।

अनुगमन समितिले स्थानीय तहको सिफारिस, प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन र परियोजनाबाट अवसर नपाएका व्यक्ति लगायतका मापदण्डलाई क्षेत्र विस्तारका लागि छनोटको मुख्य आधार बनाएको हो । तिनै मापदण्डका आधारलाई टेकेर क्षेत्र विस्तार गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताउनुभयो । परियोजनाद्वारा जिल्लाको १२ स्थानीय तहमध्ये मकै जोन कार्यक्रममा १८, बाख्रा जोनमा १०, कफी सुपर जोनमा ४२ र सुन्तला जात फलफूलमा २४ वडामा कार्यक्रम सञ्चालन गरिँदै आएको छ । रासस