२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्ल्डलिंकप्रति उपभोक्ताको गुनासो, शुल्क अनुसारको सेवा पाइएन



अ+ अ-

काठमाडौं । ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नियमित शुल्क बुझाएका ग्राहकलाई पनि भरपर्दो सेवा नदिएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।

कतिपय ग्राहकलाई प्रबिधि अपग्रेड गर्ने भन्दै पुरानो राउटर परिवर्तन गर्न लगाएको तर फेरिएको राउटरबाट ईन्टरनेट राम्ररी नचलेपछि पुन नयाँ खरिद गर्न बाध्य पारिएको गुनासो गरेका छन् ।

ललितपुरको भैसेपाटीका ग्राहक सञ्जय शर्माले भन्नुभयो, छिटो भनेकै वर्ल्डलिंकको नाराले उसैलाई गिज्याइरहेको होला । पटक पटक गुनासो गर्दा पनि सुनुवाई हुँदैन । एउटा ग्राहकलाई पटक पटक राउटर किन्न बाध्य पार्नु र परिवर्तन गर्दा पनि गुणस्तरीय सेवा प्राप्त भएको छैन ।

उहाँले भैंसेपाटी क्षेत्रका धेरै ग्राहकले यस्तै गुनासो गर्न थालेको बताउनुभयो । यसै क्षेत्रका प्रेम ओझाले पनि कम्पनीले भरपर्दो सेवा नदिएपछि दिक्क भएर अर्को इन्टरनेट प्रदायकबाट सेवा लिन बाध्य भएको गुनासो गर्नुभयो ।

उहाँहरुले कम्पनीमा सम्पर्क गर्दा राम्रोसँग रेस्पोन्स नगर्ने, सानोतिनो मर्मत गर्दा हुनेमा पनि सामान नै फेर्न लगाउने र त्यस्ता सामान उनीहरुकै कम्पनीबाट खरिद गर्नुपर्दा आफूहरु ठगिएको महसुस गर्नु भएको छ ।

पछिल्लो समय ललितपुरको जाउलाखेलमा केन्द्रीय कार्यालय रहेको वर्ल्डलिंकले राजस्व छलीगरेको आरोप पनि लागेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण स्रोतका अनुसार नौ वटा इन्टरनेट सेवा प्रदायकबाट रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क वापत कूल रु तीन अर्ब ६४ करोड रकम असुल गर्न बाँकी छ । जसअनुसार वर्ल्डलिंक कम्युनिकेसनले रु एक अर्ब ९६ करोडभन्दा बढी तिर्न बाँकी छ ।