१ पुष २०८२, मंगलवार
,
Latest
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैनः मन्त्री सिन्हा स्वास्थ्यचौकीलाई उपकरण सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलयालम अभिनेता बाबुराजमाथि यौन दुर्व्यवहारको आरोप



अ+ अ-

एजेन्सी । हेमा समितिको प्रतिवेदन बाहिर आएपछि मलयालम फिल्म उद्योगमा हलचल मच्चिएको छ । धेरै अभिनेत्रीहरुले चर्चित निर्माता तथा कलाकारहरुमाथि यौन उत्पीडनको आरोप लगाएका छन् ।

यसैबीच एक जुनियर आर्टिस्टले मलयालम अभिनेता बाबुराजमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

बाबुराज विरुद्धका यी आरोपहरू दिग्गज मलयालम अभिनेता सिद्दिकीले एएमएको महासचिव पदबाट राजीनामा दिएको एक दिन पछि आएका हुन् । सिद्दीकीलाई पनि मलयाली अभिनेत्रीले बलात्कारको आरोप लगाएकी थिइन् ।

मलयालम अभिनेता हुनुको अलावा, बाबुराज मलयालम चलचित्र कलाकार संघको संयुक्त सचिव पनि हुन् ।

मिडिया रिपोर्टका अनुसार, कलाकारले भने कि बाबुराजले उनलाई २०१९ मा केरलाको घरमा बोलाए र त्यहाँ उनीमाथि जबर्जस्ती गर्ने प्रयास गरे ।

‘मलाई फिल्ममा कास्ट गर्ने बहानामा बाबुराजले बोलाएका थिए । उनले घरमा बैठक बस्ने जसमा निर्देशक र पटकथा लेखक पनि आउने बताएका थिए । कलाकारले भनिन्, ‘जब म उनको घर पुगेँ, उनी एक्लै थिए । उनले मलाई एउटा कोठामा पठाए र पर्खन भने, अरूहरू आउँदैछन् । त्यसपछि केही बेरपछि कोठामा आएर ममाथि जबरजस्ती गर्न खोजे । यसपछि म उनको घरबाट भागेँ र अभिनेतासँग कहिल्यै भेट भएन, तर यसका बाबजुद पनि उनले मलाई सामाजिक सञ्जालमा आपत्तिजनक म्यासेज पठाउने गरेका छन् ।’

बाबुराजले कलाकारका यी आरोपको खण्डन गर्दै हेमा समितिको प्रतिवेदन आएपछि आफूमाथि आरोप लाग्ने आशंका लागेको बताए ।