७ श्रावण २०८३, बिहीबार
,
Latest
चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहसँग समन्वयन गरेर क्याम्पस खोल्न त्रिविको निर्देशन



अ+ अ-

काठामाडौं । त्रिभुवन विश्वविद्यालयले स्थानीय तहसँग समन्वयन गरेर क्याम्पस खोल्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्र सञ्चालन गर्ने गरी कार्यढाँचा सार्वजनिक गरेसँगै त्रिविले सबै क्याम्पस खोल्न निर्देशन दिएको हो । त्रिविका रजिस्टार प्राडा पेशल दाहालले जोखिम नभएका र कम जोखिम भएका जिल्लाका क्याम्पस प्रमुखलाई क्याम्पस खोल्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘ती जिल्लामा जोखिम न्यूनीकरण गरी कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

त्रिवि रजिस्टार कार्यालयले हिजो मंगलबार सार्वजनिक सूचना जारी गरी त्रिविअन्तर्गत सबै क्याम्पस, विभाग र स्कुलले स्थानीय तहले तोकेको समयसीमा र मापदण्ड रहने गरी क्याम्पस खोल्न निर्देशन दिएको थियो । रजिस्टार प्राडा दाहालका अनुसार जोखिम बढी भएका उपत्यका र केही शहरी क्षेत्रमा अवस्था हेरेर निर्णय गर्न र जोखिम कम भएका जिल्लामा तत्काल खोल्ने गरी निर्देशन दिएको छ । त्रिविले यही २८ गतेदेखि सबै तहको परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । चैतदेखि

रोकिएका परीक्षा माघ पहिलो सातासम्म सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । रजिस्टार कार्यालयले भौतिक उपस्थितिमा परीक्षा लिने र लगत्तै कक्षा सञ्चालन गर्नेगरी तयारी थाल्न सबै निकायलाई निर्देशन दिएको छ । ‘लामो समयदेखि क्याम्पस बन्द भएका कारण पठन पाठन अस्तव्यस्त भएपछि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएका हौं।’ –रजिस्टार प्राडा दाहालले भन्नुभयो । ‘हामीले सरकारले तय गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड लागू गरेर सकेसम्म विद्यार्थीलाई क्याम्पसमै उपस्थित गराएर कक्षा सञ्चालन गर्न निर्देशन दिएका हौं।’ –रजिस्टार दाहालको भनाइ थियो ।

कोरोना संक्रमण नभएका जिल्लामा तत्काल, कम भएका जिल्लामा अवस्था हेरेर र संक्रमण बढी भएका जिल्लामा स्थानीय तहको समन्वयमा क्याम्पस खोल्न निर्देशन दिएका हौं।’ –रजिस्टार प्राडा दाहालले भन्नुभयो । त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेलगत्तै त्रिवि रजिस्टार कार्यालयले सार्वजनिक सूचना जारी गरी क्याम्पस खोल्ने निर्णय गरेको थियो । रजिस्टार कार्यालयले सार्वजनिक सूचना जारी गरेलगत्तै त्रिविले सबै संकायका डीन कार्यालयलाई पत्राचार गरेको थियो । त्रिविका आंगिक क्याम्पसले वैकल्पिक विधिबाट समेत कक्षा सञ्चालन गर्न नसकेपछि त्रिविले बाध्य भएर सबै क्याम्पस प्रमुखलाई क्याम्पस खोल्न निर्देशन दिएको हो ।

रजिस्टार प्राडा दाहालका अनुसार अब सम्भब भएसम्म सबै क्याम्पसले अनिवार्यरुपमा कक्षा सञ्चालन गर्नुपर्ने छ । त्रिविले कक्षा सञ्चालन गर्ने विषयमा सरोकारवाला निकाय शिक्षा मन्त्रालयसँग समन्वय गरिसकेको छ । त्रिविले परीक्षालगत्तै भौतिकरुपमा कक्षा सञ्चालन गर्न आवश्यक तयारी थालेको छ । नेपाल समाचारपत्र दैनिक