२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

पछिल्लो समय सेयर बजार बढ्नुको रहस्य…

पछिल्लो समय सेयर बजार बढ्नुको रहस्य…
symbolic photo
अ अ+ अ-

काठमाडौं । धितोपत्र बजारले बुलिसको यात्रा तय गर्दै नेप्से २ हजार नाघ्दा नेपाल धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह गरेको छ भने प्राथमिक बजारमा १७ ओटा कम्पनीका आईपीओ आउँदैछ । सेयर मार्केटको दोस्रो बजारमा कारोबार रकम र परिसूचकले सँगै उचाइ लिइरहँदा प्राथमिक बजारमा ५ अर्ब रुपैयाँबराबरको नयाँ सेयर आउन लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँका आधारमा यो ४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको हुनेछ । नेपाल धितोपत्र बोर्डमा आईपीओ अनुमतिका लागि आवेदन दिएका १५ र अनुमति पाइसकेका २ गरी कुल १७ कम्पनीले ४ करोड ८९ लाख कित्ताभन्दा बढीको आईपीओ जारी गर्न लागेका हुन् ।

१० वटा जलविद्युत् कम्पनी, ३ अन्य समूह, एउटा लघुवित्त र एक मर्चेन्ट बैंकका कुल ४ करोड ३० लाख ३२ हजार ८ सय ३६ कित्ता सेयर पाइपलाइनमा रहेको छ । धितोपत्र बोर्डसँग आईपीओनिष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनी जलविद्युत् समूहका रहेका छन् । दोस्रो बजार बुलिस ट्रेन्डमा माथि उक्लिरहँदा मंगलबार भने नेप्से करेक्सन मुडमा गएको छ । नेपाल धितोपत्र बोर्डले अध्ययन र अनुसन्धानसहित संयमित भएर लगानी गर्न आग्रह गरेलगत्तै नेप्सेमा केही करेक्सन भएको हो । मंगलबार निकै उतारचढावबीच नेप्से परिसूचक २ हजार दशमलव ४० बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार बजार १ हजार ९६५ दशमलव ६८ बिन्दुसम्म झरेको थियो । सोमबार १ हजार ९९७ दशमलव शून्य ५ बिन्दुमा बन्द भएको बजार मंगलबार २ हजार ९ दशमलव ४६ बिन्दुदेखि खुला भएको थियो ।

मंगलबार बजार २ हजार २२ दशमलव २६ बिन्दुसम्म पुगेर तल झरेको हो । यो दिन सोमबारको तुलनामा भने बजार ३ दशमलव ३५ अंक माथि उक्लिएको छ । नेप्से परिसूचक सामान्य अंकले बढे पनि मंगलबार ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ७७ अंकले घटेर ३८३ दशमलव ७९ बिन्दुमा झरेको छ । पछिल्लो १४ दिनको कारोबार अवधिलाई हेर्ने हो भने एक दिन मात्र बजार घटेको छ बाँकी दिन बढेको छ । बोर्डले सोमवार विज्ञप्ति जारी गरेपछि नेप्सेमा उतारचढावभएकोमा लगानीकर्ताले नियामक निकायप्रति आक्रोशसमेत पोखेका छन् । मंगलबार अघिल्लो कारोबार दिनको भन्दा परिसूचकमा वृद्धि भएपनि कारोबार रकम भने कम भएको छ ।

मंगलबार७अर्ब ४० करोड ४१ लाख ५४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो । मंगलबार १९७ कम्पनीको ६७ हजार ३५५ पटकको व्यापारमा सो रकमबराबरको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार भएको हो । सोमबार ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । यो दिन नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक रकमको कारोबारसँगै सर्वाधिक मूल्य वृद्धि भएको छ । कम्पनीको ६५ करोड ७९ लाख ८८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस कम्पनीको सेयरमूल्य पनि सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले बढेको छ । प्रतिकित्ता १४५ रुपैयाँले बढेको कम्पनीको अन्तिम सेयरमूल्य १ हजार ५९९ रुपैयाँपुगेको छ । 

नेपाल पुनर्बिमा कम्पनीसँगै मंगलबार रसुवागढी हाइड्रोपावर, अपर तामाकोसी, नेपाल दूरसञ्चार कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रसुवागढी हाइड्रोको ९ दशमलव ९६ प्रतिशतले बढेर अन्तिम मूल्य २७६, अपर तामाकोसीको ९ दशमलव ८५ प्रतिशत बढेर अन्तिम मूल्य ३५७, नेपाल दूरसञ्चार कम्पनीको ९ दशमलव ७१ प्रतिशत बढेर अन्तिम मूल्य १ हजार १७५ र साञ्जेन जलविद्युत्को ९ दशमलव ६५ प्रतिशत बढेर अन्तिम मूल्य २५० रुपैयाँपुगेको हो । मंगलबारग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ७ दशमलव ७३ प्रतिशतले घटेको छ । यस बैंकको सेयरमूल्य प्रतिकित्ता १४ ले घटेर अन्तिम मूल्य १६७ रुपैयाँमा झरेको हो ।

मंगलबार ३७ कम्पनीको सेयरमूल्य बढेको छ भने १२८ वटा कम्पनीको सेयरमूल्य घटेको छ। यस्तै,७ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन। लगानीकर्ताका लागि मनोवैज्ञानिक रेखा मानिने २ हजार बिन्दुमै नेप्से अडिएपछि लगानीकर्ता थप उत्साहित बनेका छन् । बजारले अब अर्को उचाइ लिने विश्लेषण भइरहेका छन् । किनभने नेप्सेले यसअघिको अल टाइम हाइ १८८१ लाई सजिलै पार गरेर नयाँ ऐतिहासिक बिन्दुतिर अघि बढिरहेको छ ।

नेप्सेले चार वर्ष लामो वियरिस यात्रा पार गरिसकेको छ । सोही कारण पनि अब बुलिस प्रवृत्तिमा बजार अघि बढेको विश्लेषण हुन थालेको छ । बजार बुलिस क्रममा रहँदा लगातार भाउ वृद्धि भइरहनुलाई स्वभाविक मानिन्छ । अनलाइन प्रविधि प्रयोगका कारण लगानीकर्तालाई सेयर खरिदबिक्रीमा निकै सजिलो भएको कारणले पनि नेप्से बुलिस ट्रेन्डमा गएको एक पक्षको भनाइ छ । अर्को पक्ष भने लगानीका अन्य क्षेत्र सुस्ताएकाले पनि लगानीकर्ताको आकर्षण यतातिर देखिएको हो । ब्रोकरलाई दिइएको नेटिङको सुविधाले पनि कारोबारमा उमंग ल्याउन सहयोग पुगेको हो । खरिद र बिक्री दुवैको हिसाब मिलाएर कारोबारको सेटलमेन्ट गर्ने सुविधा ब्रोकरलाई छ । यसैगरी, बैंकहरूले सहजरूपमा सेयर कर्जा दिइरहेका छन् ।

मंगलबारबैंकिङ समूहमा भने लगानीकर्ताको आकर्षण बढ्न सकेन ।गत आइतबार बैंकिङमा लगानीकर्ताको आकर्षण बढेको भए पनि त्यसपश्चात् बैंकिङ समूह पुनः सेलाएको छ।मंगलबारको बजारको अवस्थालाई लगानीकर्ताले सहज रूपमै लिएका छन् । पाँच दिनमै बजार २ सय अंक बढेको थियो, मंगलबार घट्नुलाई स्वाभाविक मानिएको छ । दोस्रो बजार बढिरहँदा प्रभु लाइफ इन्स्योरेन्स र चन्द्रागिरि हिल्सले भने आईपीओ जारी गर्न अनुमति पाइसकेका छन् । चन्द्रागिरिले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १७मंसिरदेखि आईपीओ जारी गर्न मिति पनि तोकेको छ । यस्तै, प्रभु लाइफले पनि ६० लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको छ । राजधानी दैनिक