१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षित मुर्ख होइन, सज्जन र गुणवान मान्छे उत्पादन गरौँ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मुर्ख नभई सज्जन र गुणवान मान्छे उत्पादन गर्न विश्वविद्यालयहरुले काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित सुुदूूरपश्चिम विश्वविद्यालयको १२ औँ सभामा कुलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुुपर्ने बताउनुभएको हो ।

“गुरुहरुले ऋषिमन र भावका साथ काम गर्नुपर्छ । त्यसो भएमा चेलाहरुले गुरुहरुलाई मान्छन् । विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूूल शिक्षा हासिल भएको मान्न सकिँदैन ।’’

सुुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वको छलफलमा आफू सहभागी भएको उल्लेख गर्दै उहाँले सुदूरपश्चिमको संस्कृति र पन झल्कने खालको शिक्षा दिन पनि पदाधिकारीलाई आग्रह गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी सभामा उपकुुलपति प्रा डा हेमराज पन्तले विश्वविद्यालयको समग्र अवस्था र रजिष्ट्रार प्रा यज्ञराज पाठकले कार्यक्रम तथा बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुुभएको थियो ।