२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग

श्रीकृष्णका कथाहरूबाट पाठः योजना बनाएर काम गर्नुभयो भने अवश्य सफलता मिल्नेछ

श्रीकृष्णका कथाहरूबाट पाठः योजना बनाएर काम गर्नुभयो भने अवश्य सफलता मिल्नेछ
अ अ+ अ-

काठमाडौँ । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

श्रीकृष्णको आराधनाका साथसाथै उहाँको कथाको जीवनीलाई ग्रहण गर्यौं भने ठूलाठूला समस्याको समाधान हुन्छ ।

योजना बनाएर काम गर्नुहोस्
भगवान विष्णु श्रीकृष्णको रूपमा अवतार लिन लागेका थिए, त्यस समयमा देवकी–वासुदेव कंसको बन्धनमा थिए । कंसले देवकी–वासुदेवका छ जना सन्तानको हत्या गरेका थिए ।

बलराम देवकीको गर्भमा आएपछि विष्णुजीले मायाको सातौं सन्तान देवकीको गर्भबाट निकालेर वासुदेव जीकी दोस्रो पत्नी रोहिणीको गर्भमा राखिदिए । यसपछि कंसले सातौं गर्भ असफल भएको जानकारी पाए ।

जब आठौं सन्तानको जन्मको समय आयो, भगवानले योगमायालाई भन्नुभयो कि अब मेरो अवतार लिने समय आएको छ । जब मेरो अवतारको जन्म हुनेछ, त्यही समयमा गोकुलमा यशोदाको गर्भबाट तिमी जन्मिनेछौ ।

वासुदेव जीले मलाई कंसको कारागारबाट निकालेर गोकुलमा लैजानुहुनेछ र कंसको कारागारमा तीमिलाई लैजानुहुनेछ । जब कंस आठौं सन्तानलाई मार्न आउँछन्, तब तिमी मुक्त हुनेछौ ।

भगवानले बनाएको योजना अनुसार श्रीकृष्णको अवतार भयो ।

सन्देश–भगवानले सन्देश दिनुभएको छ कि जहिले पनि ठुलो काम गर्नु पर्यो भने अवश्य योजना बनाउनुहोस् । योजना राम्रो छ भने सफलता अवश्य मिल्नेछ ।