• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली ★   पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति ★   एमाले सचिवालय बैठक सुरू ★   सहकारी छानबिन विशेष समितिले गृहमन्त्री सहित प्रमुख प्रहरीसंग छलफल गर्दे ★   महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन अनुरोध ★   जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने ★   प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह: आगामी आ.व.मा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस् ★   दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा ट्याक्सीसहित चालकको प्रदर्शन ★   एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने

श्रीकृष्णका कथाहरूबाट पाठः योजना बनाएर काम गर्नुभयो भने अवश्य सफलता मिल्नेछ



काठमाडौँ । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

श्रीकृष्णको आराधनाका साथसाथै उहाँको कथाको जीवनीलाई ग्रहण गर्यौं भने ठूलाठूला समस्याको समाधान हुन्छ ।

योजना बनाएर काम गर्नुहोस्
भगवान विष्णु श्रीकृष्णको रूपमा अवतार लिन लागेका थिए, त्यस समयमा देवकी–वासुदेव कंसको बन्धनमा थिए । कंसले देवकी–वासुदेवका छ जना सन्तानको हत्या गरेका थिए ।

बलराम देवकीको गर्भमा आएपछि विष्णुजीले मायाको सातौं सन्तान देवकीको गर्भबाट निकालेर वासुदेव जीकी दोस्रो पत्नी रोहिणीको गर्भमा राखिदिए । यसपछि कंसले सातौं गर्भ असफल भएको जानकारी पाए ।

जब आठौं सन्तानको जन्मको समय आयो, भगवानले योगमायालाई भन्नुभयो कि अब मेरो अवतार लिने समय आएको छ । जब मेरो अवतारको जन्म हुनेछ, त्यही समयमा गोकुलमा यशोदाको गर्भबाट तिमी जन्मिनेछौ ।

वासुदेव जीले मलाई कंसको कारागारबाट निकालेर गोकुलमा लैजानुहुनेछ र कंसको कारागारमा तीमिलाई लैजानुहुनेछ । जब कंस आठौं सन्तानलाई मार्न आउँछन्, तब तिमी मुक्त हुनेछौ ।

भगवानले बनाएको योजना अनुसार श्रीकृष्णको अवतार भयो ।

सन्देश–भगवानले सन्देश दिनुभएको छ कि जहिले पनि ठुलो काम गर्नु पर्यो भने अवश्य योजना बनाउनुहोस् । योजना राम्रो छ भने सफलता अवश्य मिल्नेछ ।