१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माउन्टेन इनर्जी नेपालको आइपिओ बाँडफाँट



अ+ अ-

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आइपिओ बाँडफाँट गरेको छ । आइपिओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज माउन्टेनको आइपिओ बाँडफाँट गरेको हो । 

गत कात्तिक २६ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा ६ लाख ५३ हजार २९१ आवेदकले निवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ७१६ जनाको आवेदन रद्द भई ६ लाख ५१ हजार ५७५  जनाले सहभागिता जनाएका थिए ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट एक लाख ८३ हजार २६ जनाले शेयर पाएको नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागीमध्ये पाँच जनाले ११ तथा बाँकीले १० कित्ता शेयर पाएका छन् । शेयर आवेदन गर्दा २० कित्ताभन्दा बढी आवेदन दिनेलाई दोस्रो गोलाप्रथामार्फत पाँच जनाले थप एक कित्ता शेयर पाएका हुन्  ।  

कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो जसमा ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारी तथा ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी  १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले हाल नुवाकोट जिल्लाको सुन्दरादेवी गाउँपालिकामा पाँच मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत् आयोजना तथा म्याग्दी जिल्लाको नारच्याङ गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।